बागलुङ, ३ माघ– संघिय समाजबादी फोरम नेपालको मंगलबार बसेको जिल्ला समितीको बैठकले गत मंसिरमा सम्पन्न निर्वाचनको समिक्षा गरेको छ । निर्वाचनका बेला पार्टिका नेता कार्यकर्ता तथा आम सर्वसाधारणको सक्रियता र पार्टिलाई प्राप्त नतिजाको बिषयमा जिल्ला समितीमा समिक्षा गरीएको बैठकपछि प्रेस बिज्ञप्ती जारी गर्दै फोरमका जिल्ला अध्यक्ष बद्रिकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
बैठकले आगामी फाल्गुण १७ र १८ गते जिल्ला भेला गर्ने निर्णय समेत भएको बिज्ञप्तीमा उल्लेख छ । प्रदेश अध्यक्ष तथा बैकल्पिक केन्द्रीय सदस्य यामबहादुर घर्ति, प्रदेश उपाध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य निर्मल जिसी (महेन्द्र) र भक्तबहादुर बिक लगायतको उपस्थितीमा सम्पन्न बैठकले निर्वाचनको समिक्षा लगायत पार्टिको आगामी रणनीतिको बिषयमा समेत छलफल भएको एक जिल्ला सदस्यले बताए ।
Previous Articleअधिकांश घर मापदण्ड विपरित बनेको पाईयो
Next Article यसरी सकियो बानपाको नगरसभा