बागलुङ, ३ माघ– जनविश्वास वचत तथा ऋण सहकारी सस्था बागलुङको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै सहकारीका सल्लाहकार ओमबहादुर विश्वकर्माले गरिवि अन्त्यको लागी सहकारी प्रभावकारी माध्ययम हुने वताए । सहकारीका अध्यक्ष कविराज सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार दुर्गाबहादुर विक, जेष्ठ नागरिक गंगाराम विश्वकर्मा, ऋण समितिका संयोजक मनवहादुर विश्वकर्मा, शेयर सदस्य बाबुराम विश्वकर्मा, डिलमाया विश्वकर्मा लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष कुमारी विश्वकर्माले आर्थिक र सचिव असोक सुनारले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा जेष्ठ नागरिक असल ऋणि, बाल वचतकर्ता लगाएतलाई सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष परसुराम विश्वकर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचिव असोक सुनारले गरेका थिए ।
Previous Articleशैक्षिक सामग्री र व्हिल चियर वितरण
Next Article वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई