बागलुङ, ३ माघ– माघेसक्रान्ति तथा जैमिनी मेलामा आयोजना गरिएको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक साहारा क्लबले जितेको छ । मंगलबार सहारा खेल मैदान जैमिनी–१ कुश्मीशेरामा सम्पन्न फाईनल खेलमा जैमिनी–७ जैदीको समुहलाई पराजित गर्दै साहाराले उपाधि हात पारेको हो । घरेलु मैदानमा ३–० को सोझो सेटमा जैदीलाई पराजित गरेर साहारा प्रतियोगिताको बिजेता बनेको क्लबका खेल संयोजक शंकर थापाले बताए ।
प्रतियोगिताको विजेता साहारा क्लबले ७० हजार रुपैयाँ नगद मेडल र प्रमाण पत्र पाएको छभने उप–विजेता बनेको जैदीले ३५ हजार मेडल र प्रमण पत्र प्राप्त गरेको छ । सेमीफाईनलमा प्रबेश गरेका अन्य दुई समुहलाई पनि सान्त्वना स्वरुप १२ हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका सचिव दिलिप थापाले जानकारी दिएका छन् । प्रतियोगितामा सेमीफाईनल चरणसम्म पुगेका जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवा र जैमिनी–८ छिस्तीले सान्त्वना पुरस्कार पाएका छन् । १६ समुहको सहभागिता रहेको भलिबल प्रतियोगिता गत पौष २७ गतेदेखी सुरु भएको थियो ।
बिजेता खेलाडीहरुलाई नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले पुरस्कार बितरण गरेका थिए ।
स्थानिय तह स्तरिय खेलकुद शुरु
जिल्लाको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहले सहभागिता जनाएका छन् ।
पुरुष भलिबलमा १०, महिला भलिबलमा ६ र बास्केटबलमा ६ वटा स्थानीय तहले सहभागीता जनाएका छन् । पहिलो दिन भएको पुरुष भलिबल प्रतियोगितामा मोदी गाउँपालीकाले अन्नपूर्ण र मंगला गाउँपालीकाले धौलागिरीलाई सोझो तिन सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । यसैगरी, बेनी नगरपालीकाले रघुगंगा गाउँपालीकालाई सोझो तिन सेट आफ्नो पक्षमा पार्दै पराजित गरेको छ । महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
पुरुष भलिबलको बिजेतालाई ७७ हजार ७७७, उपबिजेतालाई ४४ हजार ४४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, द्वितिय हुनेलाई २२ हजार २२२ र अनुशाषित टिमलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ । पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र द्वितिय हुनेलाई २२ हजार २२२ रुपैयाँ प्रदान गरिने भएको छ । नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाण पत्रको व्यवस्था छ ।
Previous Articleजनविश्वास वचत तथा ऋण सहकारी सस्था बागलुङको वार्षिक साधारणसभा
Next Article चिसोले मर्न नपरोस्