बागलुङ, ३ माघ– प्रथम जैमिनी आईडलको उपाधि सपना रानाले जितेकी छन् । साहारा क्लवले आयोजना गरेको पहिलो जैमिनी डान्स आईडलमा १६ जना प्रतिष्पर्धिलाई पछाडी पार्दै राना जैमिनी डान्स आइडल बन्न सफल भएकी हुन् । आईडलको प्रथम प्रतिष्पर्धि सिर्जना थापा र दोस्रो प्रतिष्पर्धि सुसम क्षेत्री भएका छन् । गत पौष २७ गते देखी सुरु भएको आईडलका बिभिन्न चरणहरु पार गर्दै रानाले आईडलको उपाधि जितेको डान्स आईडलका संयोजक मैनुदिन मियाँले जानकारी दिए ।
स्थानिय प्रतिभाको खोजी गर्न भन्दै माघेसक्रान्ति तथा जैमिनी मेलाको अवसरमा पहिलो पटक डान्स आईडलको आयोजना गरीएको आयोजकले जनाएको छ । डान्स आईडल बनेकी सपनाले नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्भने प्रथम प्रतिष्पर्धि सिर्जना थापाले ६ हजार र द्रोस्रो प्रतिष्पर्धि सुसम क्षेत्रीले ३ हजार नगद पुरस्कार पाएको संयोजक मियाँले जानकारी दिए । अन्तिम पाँच प्रतिष्पर्धिका लागी चयन भएका सिर्जना मगर र अस्मिता किसानलाई समेत प्रत्साहनका लागी भन्दै आयोजकले सान्त्वना पुरस्कार प्रधान गरेको छ । मंगलवार बिभिन्न प्रतियोगिताको अन्तिम चरणका प्रतिष्पर्धाहरु सकिए सँगै माघेसक्रान्ति तथा जैमिनी मेला २०७४ समेत सकिएको आयोजकले जनाएको छ ।
मंगलवारनै अन्तिम दिन कलाकारहरु प्रजापति पराजुली, कृष्ण अखेली, लक्ष्मी नेपाली लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । मेलाको प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले समापन गरेका छन् ।
Previous Articleकांग्रेस केन्द्रीय समिति बैठकमा नेताका आ-आफ्नै दाउ
Next Article संगीतमय बन्यो म्याग्दी महोत्सव