दीपक भट्ट
बागलुङ, २ माघ – रुघ्ण उद्योग धमाधम खारेज हुन थालेपछि नयाँ उद्योगको ट्रेडमार्क दर्ता सहज बन्दै गएको छ। कम्पनी खारेजी सम्बन्धी ऐन गत बैशाखमा संशोधन भएपछि रुघ्ण उद्योगको खारेजी दर बढेको र सोही नाममा नयाँ उद्योग दर्ता गराउने प्रक्रिय पनि बढेको कम्पनी रजिस्टारको कार्यालयका अधिकारीले बताए।
कम्पनी रजिस्टारका प्रवक्ता गंगाधर पौडेलका अनुसार नयाँ ऐन आएपछि बन्द रहेका उद्योगहरुको खारेजी गराउने क्रम बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै तीन सय २४ उद्योग खारेजी प्रक्रियामा गैसकेका छन्। नयाँ ऐन अनुसार रुघ्ण उद्योगको खारेज भएपछि त्यही नाममा नयाँ उद्योगको ट्रेडमार्क दर्ता गर्न पाइन्छ।
नयाँ ऐनमा कुनै पनि कम्पनीले आफ्नो कुल पुँजीको शुन्य दशमलव ५ प्रतिशत रकम बुझाएपछि कम्पनी खारेजी गर्न सकिने व्यवस्था छ। यसअघि सरकारलाई बुझाउनु पर्ने कर र जरिवाना रकम अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था थियो।
अहिले पुरानो व्यवस्था पनि संचालनमै रहेको छ। तर पुरानो व्यवस्था खासगरी ठूला उद्योगहरुमा मात्र लगू भइरहेको प्रवक्ता पौडेलले बताए। कुल पुँजी अत्याधिक रहने ठूला उद्योगहरुले जरिवाना रकम नै तिर्न चाहने गरेको पौडेलको भनाई छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै तीन सय २४ उद्योग खारेजी प्रक्रियामा गैसकेको र यो क्रम अझै बढिरहेको पौडेलले बताए। जबकी अघिल्लो आर्थिक वर्षको यहि अवधीमा यस्ता उद्योग खारेजीको संख्या दुई सय १० मात्रै थियो। रजिस्टरको कार्यालयका अनुसार गत एक वर्षमा भने चार सय उद्योग खारेज भएका थिए।
कम्पनी रजिस्टारको कर्यालयमा नयाँ ट्रेडमार्क लिन नाम र लोगो नै नपाइने समस्या रहेको गुनासो उद्योगी व्यवसायीले गरेपछि उक्त ऐन संशोधन भएको थियो। कम्पनी रजिस्टरको कार्यालयले उद्योग मन्त्रालय समक्ष प्रस्ताव लगेपछि उद्योग मन्त्रालयको पहलमा ऐन संशोधन भएको हो।
रुघ्ण उद्योगको खारेजीपछि एकातर्फ बन्द भएका उद्योगहरुको भार कम भएको छ भने अर्कोतर्फ नयाँ उद्योगीहरुलाई ट्रेडमार्क दर्ता गर्न सहजता महसुस भएको छ। कम्पनीको नाम तथा लोगोले समेत व्यापार व्यवसायमा प्रभाव पार्ने भएकाले उद्योग क्षेत्रमा टे«डमार्कलाई महत्वका साथ हेर्ने गरिन्छ।
Previous Articleप्रदेश सांसद दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय
Next Article भारतले सीमास्तम्भ सारेर ५० बिघा जमिन मिच्यो