काठमाडौँ, २ माघ – सर्वोच्च अदालतले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध यो सजाय सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ । उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।
पुनरावदेनले पाँच वर्षअघि गरेको जेल सजायको फैसलाविरुद्ध मनाङे सर्वोच्चमा गएका थिएनन् । तर, सर्वोच्चको आजको फैसलासँगै उनलाई पक्रन बाटो पनि खुलेको छ ।
प्रदेश सांसद दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय
Previous Articleराष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्यो दलहरुसँग छलफल
Next Article छ महिनामा ३ सय २४ उद्योगको दर्ता खारेज