🖎 विनोद विवश
सोध्नुस् ! के गरिएन अनि के गरियो
आजकल गर्ने मोज त उहिले गरियो
प्रेम प्रस्ताव राख्दा लत्याएकी केटीसँग
बालाई माग्न पठाइयो र बिहे गरियो
खान त कसम खाइएको हो श्रीमतीकै
तर आज अन्तिम भन्दै मापसे गरियो
चुम्बनले क्यालोरी बढ्छ, सुनायो कसैले
अनि त्यही सुनाउँदै प्रीयालाई चुम्ने गरियो
यस्तो रमाइलोमा बित्यो बालापन त झन्
घरमा आए जति सबैलाई नमस्ते गरियो
जैमिनी ०१, बागलुङ