प्रेम बहादुर थापा
झोला बोकी स्कुल जान्छन् साना साना नानी
रमाइ रमाइ पुस्तक पढ्छन कती राम्रो बानी ।
पछि लेखि गुणी होउ बन्छ जीव्न असल
जस्तो रोप्यो त्यस्तै फल्छ धर्तीमा त्यो फसल ।।
अमुल्य हो विद्यार्थी जीवन सदुपयोग गर
ज्ञानको ज्योति फैलाउदै जगत सारा भर ।
जीव्न जगत बुझेर अगि अगि अम्क
बहुमुल्य रत्न बनी आकाश घर्ती चम्क ।।
ज्ञानको खानी शिक्षा नै हो हासिल गर ज्ञान
छचल्किन्छ आधा भाडो सत्य कुरा ज्ञान ।
गर सेवा माता पिताको श्रवण कुमार बनी
अर्जुन पनि शिष्य थिए गुरु द्रोणचार्यको पनी ।।
होउ ज्ञानी बुद्ध जस्तो ज्ञानको ज्योति छर
राम जस्तै भिष्म प्रतिज्ञा गर ।
हुने बिरुवाको चिल्लो पात नहुने बिरुवा ढल्छ
पोटिलो भै फुल फक्रे असल दाना फल्छ ।।
हुन्छ मिठो भन्छन सबै परिश्रमको फल
अनेकतामा एकता छ संसार जित्ने बल ।
विद्या नै हो शक्ति आर्जन गर सारा
विकाशशिल राष्ट्र यो भर समृद्धि अपार ।।
काठेखोला गाउँपालिका–७, रेश (हाल सिद्धार्थ शिक्षा सदन)