बागलुङ, २८ पुस– ढोरपाटन नगरपालिका र निसीखोला गांउपालिकाको संगम स्थलमा रहेको प्रर्यटकीय स्थल अर्नाकोटमा विमानस्थल निर्माणका निम्ती सम्भाव्यता अध्ययनको कार्य बिहीबार देखी सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको प्रविधिक (इन्जियर) टोलीव्दारा अर्नाकोटमा विमान स्थल निर्माणस्थलको सम्भाब्यता, भौगोलिक अबस्था, क्षेत्रफल लगायत अन्य आवश्यक विषयमा प्राविधिक अध्ययन सुरु गरिएको हो । संभाव्यता अध्ययनका लागि ड्रोन क्यामाराको सहायताबाट काम सुरु भैसकेको प्राधिकरणले जनाएको छ । संभाव्यता अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर एयर पाईलट गुरुदत्त अधिकारी, सिविल ईन्जिनियर उत्तम गौतम र सिविल ईन्जिनियर स्मरण भट्टको प्रविधिक टोलीले शुक्रवार आवश्यक चेक जाँचको काम गरेको छ । बिहीवार विमानस्थल बन्ने सम्भावित क्षेत्र अर्नाकोट देउराली क्षेत्रको करिब एक हजार मिटर क्षेत्रको अध्ययन सम्पन्न भएको छ । करिब ६ सय ५० देखि ७ सय ५० मिटर लम्बाई र ७० देखि १ सय मिटर चौडा क्षेत्रफल (भूभाग) विमानस्थल निर्माणका निम्ती आवश्यक रहेको बताउदै एयर पाईलट गुरुदत्त अधिकारीले भौगोलिक हिसाबले क्षेत्रफल फिजारिएको भएपनी समतलको हिसावमा करिब ७ सय मिटर आसपासको सो जग्गा भूभाग विमानस्थलका लागि उपयुक्त भएको बताए । उनले १९ देखि २१ सिटसम्म क्षमताको जहाज ल्याण्ड (अवतरण)गर्न सक्ने क्षमताको विमानस्थल एयरपोर्ट निर्माण गर्न सकिने जानकारी दिए । पुरानो पद्धती अनुसार दुई महिनाजती भौगोलिक अध्ययनका लागि लाग्ने काम ड्रोनको सहायताले दुई दिन मै अध्ययन सकिने हुनाले त्यसपछिको प्रकृयामा ६ महिना भित्र अध्ययन प्रतिबेदन नागरिक उड्डयन प्राधिकरणमा पेश गर्ने र त्यसपछिको करिब ६ महिनाको समय प्रधिकरणले वातावणणीय प्रभाब मुल्याङकन समितीको अध्ययन टोलीलाई दिएपछि करिब १ बर्षमा अध्ययन र प्राधिकरणको प्रकया सनिे बताईएको छ । त्यस पछिको समय प्रकृयागत रुपमा जग्गा प्राप्ती, तारबार ब्यबस्थापन, क्षेत्रफल ब्यबस्थापन लगाएतका कार्यसंगै विमानस्थल निर्माणको कामलाई सरकारले अगाडि बढाउन मिल्ने अधिकारीले बताए । आफनो क्षेत्रमा एयरपोर्ट बन्ने सम्भावना देखिएसंगै आफुहरु खुसी भएको भन्दै उनिहरुले एयरपोर्ट निर्माण अभियानमा सक्रियता पुर्वक भुमिका निर्वाह गर्ने नेपाली कांग्रेसका नेता दोर्णकुमार कुँवरले ईन्जिनीयर टोलीलाई फुल माला र अबिरले स्थानीय महिला समुह र अर्नाकोट आधारभुत बिद्यालय देउरालीव्दारा सम्मान समेत गरिएको थियो । गत आर्थिक बर्षमा अर्नाकोटमा बिमानस्थलको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै नेपाल सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
Previous Articleजिल्ला सहकारी संघको सपथ ग्रहण
Next Article शिक्षा क्षेत्रका समस्या समाधान गछौं–पौडेल