बागलुङ, २८ पुस– जिल्लाको क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य देबेन्द्र पौडेलले समग्र गल्कोटमा शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । लग्कोट नगरपालिका १ दुदिलाभाटी स्थित चौराह माद्यमिक बिद्यालयको ५५ औ बार्षिक उत्सवको समापनको अबसरमा बोल्दै सासद पौडेलले गल्कोट क्षेत्रमा सञ्चालित बिद्यालयको भौतिक संरचनाको ब्यबस्थापन गर्न सहयोग गर्ने बताउदैे शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षक अभिभाबक र बिधार्थिको भुमिका महत्बपुर्ण रहेको बताए ।
समापनको अबसरमा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकाले समग्र शिक्षाको अभिभाबको भुमिका निर्बाह गर्ने विचार दाहोराएका थिए । सोहि कार्यक्रममा गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले स्थानिय निकायले शिक्षा ऐन बनाएर काम थालेकोले, शैक्षिक गुणस्तर बृद्धिमा मद्दत पुग्ने बताईन् । चौराह माध्यमीक बिधालयको बार्षिकोत्सबको अबसरमा पृथ्बी माध्यमिक बिद्यालय हरिचौर श्रोत केन्द्रका श्रोत ब्यक्ति बम बहादुर थापा, गलकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्र बुढाथोकी, नेकपा माओबादी केन्द्र बागलुङ जिल्ला सयोजक ज्ञामनाथ गैरे अनिल, राष्टिय जनमोर्चाे गल्कोट नगर अध्यक्ष टंक केसी, सरस्वती माद्यमिक बिद्यालयका का प्रधानाध्यापक भिम प्रसाद पुन, चौराह प्राथमिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर घर्ति मगर, देबालय प्राथमकि बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्क भण्डारी जीबन, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वगिय टेकबहादुर पुन स्मृति अक्षकोषबाट कक्षा १० का कमल सुनार, कक्षा ११ का चित्रा खत्री, स्ब धन बहादर काउचा तथा स्ब बसुन्धरा काउचा स्मृति अक्षकोषबाट कक्षा ९ का कृष्ण सुनार, कक्षा ११ की दिब्या श्रीस, कक्षा ९ का राजेश बिक कक्षा ७ की निसा परियार र कक्षा ४ बाट मनोज परियार लगाएतलाई छात्रबृत्ति बितरण गरिएको थियो । त्यस्तै स्व मुखीया बलबरि काउचा तथा स्ब रति कुमारी काउचा स्मृति अक्षकोषबाट कक्षा ९ का सिजन बिक, कक्षा ८ कि जमुना खत्री, कक्षा ६ कि दिक्षा बिक, स्ब मुखिया पहलसिँह बुढाथोकी तथा स्ब हुमाकुमारी बुढाथोकी स्मृति अक्षकोष बाट कक्षा ३ का गोकुल श्रीस कक्षा ४ कि एलिसा सुनार लाई छात्रबृत्ति बितरण गरिएको थियो । त्यसैबिच हेमराज रिजाल साहित्य तथा प्रतिभा प्रबर्धन पुरस्कार बाट कक्षा ९ का रबिन काउचा, कक्षा १० सगुन खड्का तथा कक्षा ११ र १२ मा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा सपना बुढाथोकीलाई नगद ५ हजार सहित पुरस्कार प्रदान गरिएको छ ।
सो अबसरमा राजु खड्का द्धारा स्थापित अक्षयकोष छात्रबृतिबाट कक्षा १ देखी ३ सम्मका १९ जना,कक्षा ४ बाट ३ जना, कक्षा ५ बाट ४ जना, कक्षा ६ बाट ४ जना कक्षा ७ बाट ५ जना, कक्षा ८ बाट ३ जना, कक्षा ९ बाट ६ जना कक्षा १० बाट ३ जना गरि ४७ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको बिद्यालयले जनाएको छ । कार्यक्रममा प्रधानाध्यापक बिन्द बहादुर खत्रीले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईन्द्रसिंह बुढाथोकीको अध्यक्षता, शिक्षक अभिभाबक संघका अध्यक्ष सिताराम पुनको स्बागत तथा शिक्षक नर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleबिमानस्थल निर्माणका लागी अध्ययन सुरु
Next Article अब विकास, सम्बृद्धी र सुशासनमा केन्द्रित-प्रचण्ड