बागलुङ, २८ पुस– ‘आपसी भेटघाट र परम्पराको निरन्तरता कुश्मीशेरा भेला संस्कृतिको संरक्षण र खेलकुदको विकासका लागि माघेसक्रान्ति तथा जैमिनी मेला’ भन्ने नाराका साथ बिहिबारदेखी जिल्लाको दक्षिण कुश्मीशेरामा ६ दिने माघेसक्रान्ति तथा जैमिनी मेला सुरु भएको छ । मेलाको मुख्य समारोहको आगामी माघ १ गते उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि मेलाका अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगीताको भने बिहिबार उद्घाटन भएको छ । नेपाल भलिवल संघका पुर्वबरिष्ठ उपाध्यक्ष लिलबहादुर थापाले बिहिबार भलिवल खेलको उद्घाटन गरेका छन् ।
खेलको उद्घाटन गर्दै थापाले मेलाले खेलकुदको विकासमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रसंसा गरे । परम्परागत माघेसक्रान्ति मेला आयोजना गरेर साहारा क्लबले संस्कृतिको संरक्षण र खेलकुदको विकासमा ठुलो टेवा पु¥याएको भन्दै थापाले यस्ता कार्यक्रमहरुले समाजमा सकरात्मक सन्देश जाने बताए । भलिवल खेल राष्ट्रिय खेलको रुपमा घोषणा भैसकेको भएपनि धेरै ठाउँहरुमा यस खेल ओझेलमा पर्ने गरेको भन्दै थापाले भलिबलको विकासका लागि राज्यले लगानी गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा, जैमिनी नगरपालिकाका उप–प्रमुख लिला राना, पार्टिका प्रतिनिधिहरु चन्द्रबहादुर थापा, शोभाप्रसाद शर्मा चित्रप्रसाद चापागाईं, पुणेन्द्र सापकोटा र संघ संस्थाको तर्फबाट क्या.पदमबहादुर श्रीष, कृष्ण रिजाल, कृष्णप्रसाद ढकाल, रेशमलाल शर्मा, प्रेमप्रसाद सापकोटा लगायतले बोलेका थिए । बिहिबार भएको उद्घाटन खेलमा अमलाचौर खेलकुद परिवार र आयोजक सहारा क्लवले सहभागिता जनाएका थिए । खेलका रेफ्री सन्दिप पन्तलाई थापाले बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
माघको २ गतेसम्म सञ्चालन हुने मेलामा बिभिन्न प्रतियोगिताका साथै सांगीतिक कार्यक्रमहरु रहेको आयोजक सहारा क्लबले जनाएको छ । मेलाको मुख्य समारोहको आगामी माघ १ गते प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहिबार भएको कार्यक्रम क्लबका अध्यक्ष सुरेश सुनारको अध्यक्षता, उपाध्यक्ष शिलशिला केसीको स्वागत र सदस्य नविन प्रताप जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।