बागलुङ, २८ पुस– ‘बचतमा बृद्धि जीवनमा समृद्धि’ भन्ने मुल नारा साथ शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको दशौ बार्षिक साधारणसभा बिहीबार सदरमुकाम बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जेष्ठ सदस्य श्यामसुन्दर श्रेष्ठले सहकारीले समाजमा सकारात्मक काम गरेकाले सहकारी प्रति जनताको राम्रो प्रभाव परेको बताए ।
साधारणसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष राजेशचन्द्र राजभण्डारी लगायतले बोलेका थिए । सहकारीले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भबन निर्माणका लागि ६ हजार ६ सय ६६ रूपैयाँ सहयोग गरेको छ । साधारणसभामा प्रगति प्रतिबेदन सचिव हिमालय प्रकाश श्रेष्ठ र आर्थिक प्रतिबेदन कोषाध्यक्ष दुर्बल काजी राजभण्डारीले प्रस्तुत गरेका थिए । ७८ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३५ लाख ३१ हजार ३ सय रहेको छ । सहकारीले २०७३ असार मसान्तसम्म ९ करोड ८२ लाख १५ हजार ३ सय ४१ लगानी गरेको प्रतिबेदन कोषाध्यक्ष राजभण्डारीले प्रस्तुत गरेका थिए । सहकारीले असल ऋणीतर्फ चित्रबहादुर केसी र असल बचतकर्ता बिरबल श्रेष्ठलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो । सहकारीले बाल प्रतिभामा पुरस्कृत भएका बालबालिकालाई सम्मान गर्दै प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
जेष्ठ शेयर सदस्य श्यामसुन्दर श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष ईश्वरप्रसाद मलेपति स्वागत सुरेन्द्रजंग राजभण्डारी र संचालन सचिव हिमालय प्रकाश श्रेष्ठले गरेका थिए । यसैबीच दशौ साधारणसभाले ईश्वरप्रसाद मलेपतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितीको उपाध्यक्षमा रघुराम भारी, सचिवमा हिमालय प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा दुर्बलकाजी राजभण्डारी र सहसचिव मछिन्द्रप्रसाद शाक्य चयन भएका छन् । त्यस्तै सदस्यहरूमा उत्तमप्रसाद श्रेष्ठ, बिनय शाक्य, ताराप्रसाद श्रेष्ठ, दीपक ज्योति श्रेष्ठ, रन्जितप्रसाद श्रेष्ठ, रबिन्द्रप्रसाद श्रेष्ठ, मधुसूदन राजभण्डारी, रत्नकुमारी खड्का चयन भएको निर्वाचन अधिकृत गोबिन्द वझाले बताए । लेखा समितिका संयोजकमा निलाम्बर बज्राचार्य र सदस्यमा उमेश कुमार राजभण्डारी र दिपरत्न श्रेष्ठ निर्वाचित भएका छन् ।