कृष्णप्रसाद शर्मा
दैनिक राजधानीबाट बाहिरीने र भित्रिने गाडीको चाप नभोगेको कम छन् । हरेक जिल्लाबाट काठमाण्डौ नजोडिएका कच्ची र पक्कै अब लगभग छैनन् । गाडी नपुगे पनि डोजेर पुगेका छन् जुन दैनिक देखेका छौं । पत्रपत्रिकाले राजनैतिक समाचारलाई संधै प्राथमिकता दिईरहेका छन्भने जनताका दैनिक जनजीवनसँग सम्बन्धित क्रियाकलापमा धेरैलाई चासो कम छ । ठुलाबढाले अध्यक्षता गरेका कतिपय प्राकृतिक श्रोत जस्तो चुरेको विनास भने बेला–बेलामा यसो लेखिन्छ तर त्यो बाहेक पुर्व पश्चिम राजमार्गदेखी बीच–बीचमा जोडिएका महेन्द्रका पालामा बनेका र थप पछि जोडिएका राजमार्गका बारे चर्चा कम हुन्छन् भने कतै लेखिए पनि कमले पढ्ने कम बहस हुने गर्दछ ।
काठमाण्डबाट पोखरा बागलुङतिर पर्ने राजमार्गदेखी पोखरा बाट सुनौली लाग्ने राजमार्गमा समेत एकै प्रकृतीका परिघटना देख्न पाईन्छ । काठमाण्डौको धुलोको चर्चा गर्ने तर राजमार्गमा भएका अतिक्रमणको चर्चा कसैले गदैनन । त्यती मात्र होईन गाउँगाउँमा चौतरा देखी डहरहरू समेत मिचेर घर बनाई रहेका छन् । राजमार्गको यात्रामा मुग्लिनको बासीभातको चर्चा हुन्छन् । उपभोक्ता मन्चले र खाद्यले दंशै खर्च उठाउन राजमार्गका केही पसलमा छापा हान्छ केही थाहा पाएर पैसा बुझाउँछन् यसरी नै लुटमा छुट छ । राजमार्ग छेउका खाजा पसलको न दर्ता छ न प्यान नं छ । बोर्ड झुण्डाएर लुट भईरहेको छ । रु. दशसम्म नपर्ने समोसाको पैंतिस रुपैया लिने छाप्रे होटेलको ठगी कसले रोक्ने ? यो नयाँ पनि होईन । राजमार्गमा चल्ने गाडीहरूको खान खाने ठाउँमा रोक्ने बाहेक जहाँ पनि रोकेर दिशापिसाब गराउने गर्दछन् । अझ खास गरेर नदी र खोला छेउमा रोक्ने अनि त्यस्तै ठाउँमा लेखिएका खुला शौचालयले बातावरण प्रदुषित गराएको छ । यसरी जथाभावी रुपमा गरिने यस्ता कृयाकलापले स्वास्थमा पनेकक असर बारे सरोकारवाला मौन छन् । कतिपय ठाउँमा उपस्वास्थ चौकी नजिकै गाडी रोकेर शौच गराईरहेका छन् । राजमार्गका छेउमा रहेका नदी नाला र खोला देउमा अनगिन्ती क्रसर छन् । जसले गर्दा बगरहरूमा बाहर कतै ढुङगा देखिदैन । पुरै पहाड खडा गरिएको छ । गिटि बालुवाको अवैध रुपमा उत्खनन् गरेर जथाभावी रुपमा थुपारेर सडकको रुप नै परिवर्तन भएका छन् । नियमित रुपमा बग्ने खोलाले बाटो परिवर्तन गरेरका बर्षिनी बाढी र पहिरोको समस्या भईरहेको छ । जुनसुकै राजमार्गको शुरूदेखी अन्त्यसम्म जताततै क्रसर उद्योगले विकास भन्दा बढी बिनास भएको छ । धादिङबाट देखिएको क्रसर कतै सुनौलीसम्म त कतै बागलुङको निरयसम्म पुगेको छ । बाटोका नामाकरणमा रहेका चाहे त्यो बायाँखोला होस् वा फेदी खोला किन नहोस् जताततै गिटि बालुवाको अवैध ओसारपसार छ । राजमार्गमा खोलिएका यस्ता अवैध क्रसरले गाडीहरूले समेत रुट परिवर्तन गरेर हिड्नु पर्नुे अवस्था रहेको छ । बाटो मिचेर बनाएका घर र होटेलले गर्दा दोहोरो आवागमन छैन कतिपय ठाउँमा जस्तो पर्वतको काँडे भन्ने ठाउँमा राजमार्ग मिचेर बनाईएका घर र होटेल गाडी साडई दिएर घण्टौ सम्म बस्नु परेको छ । यो मिचाई पुर्व–पश्चिम जताततै रहेको छ । काठमाण्डौमा बाटो चाक्लो बनाएको देखेपछि हरेक ठाउँमा बाटो चाक्लो बनाउने भूत चढेको छ तर ठाउँको अभावमा पहरा फोर्नु फर्ने देखिन्छ । पोखराको हेम्जामा बनाउन थालिएको बाटोको बिस्तारले गाडीहरू सबै बगरबाट चलाईएका छन् जसका कारण आधा घण्टा लाग्ने बाटोमा घण्टा बिताउनु परेको छ । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो जुन समस्या सबै राजमार्गमा रहेको छ । राजधानी काठमाण्डौदेखी राजमार्गका बाटोमा देखिने छाडा गाई बस्तुहरूले निम्ताएका दुर्घटना यथावत रहेका छन् । साँगुरो सडकमा छाडा बस्तुभाउले गर्दा ट्राफिक अस्तव्यस्थ रहेको छ । चाहे त्यो पोखरा होस् वा बुटवल वा कुश्मा होस् जताततै छाडा पशुहरूको कारण समस्या रहेको छ । साथै छाडा कुकुरहरूका कारण भएका सडक दुर्घटना समेत बढेका छन् । राजमार्गमा मारिएका कुकुर एवं अन्य पशुका कारण दुर्घटना मात्र नभई दुर्घन्ध समेत बढेको छ जसले देश विदेशबाट आउने पर्यटकलाई समेत गलत सन्देश दिएको छ ।
राजमार्गसंग जोडेर गाउँ गाउंमा खनिएका कच्ची सडकले अब शहरमा मात्र होईन गाउँगाउँमा समेत माक्स लगाउन बाध्य रहेका छन् । खनेका बाटोलाई स्तरीय बनाउन छोडेर नयाँ नयाँ ट्रयाक बनाएर गाउँलाई हाल धुलोले र केही पछि कंक्रिटको गाउँ बनाउने क्रम बढ्दो छ । राजमार्गमा हरेक दिन यात्रा गर्ने यात्रुले यस बारे भन्न र लेख्न खोज्दैनन् लेखे पनि सुन्ने र यसलाई समाधान गर्न कसैलाई चासो छैन । माथी लेखिएका कुरा एक दिन सडकको यात्रा गर्दा देखिएका कुरा हुन भनेर हरेक हप्ता र दिनमा यात्रा गर्नेले कति देख्छन् होला । बाटो छेउमा बसेका माग्ने, मानसीक सन्तुलन गुमाएका मान्छेहरू यी सबै बारे अझ कसैलाई चासो छैन । पोखराको हलचोकदेखी जीरी किमीसम्म आईपुग्दा तीन चार जना बेवारीसी मान्छे देखिए भने देशैभरीका राजमार्ग छेउमा कति बेवारिसे र समस्यामा परेका मान्छेहरू बाँचेका होलान् । यि चर्चा गरिएका प्रतिनिधी उदाहरणलाई मात्रै समाधान गर्न सके राजमार्गबाट देखिने खोला र छहराको आनन्दको चर्चा बढी हुने थिए ।