बागलुङ, २८ पुस– रामरेखा बहुउद्धेश्यीय सहकारी संस्थाको १३ औं साधारणसभा तथा ५ औं अधिवेसन बिहिवार सम्पन्न भएको छ । साधारणसभाले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेसनले गीता शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी शर्मा, सचिवमा सरस्वती शर्मा, कोषाध्यक्षमा लक्ष्मी बोहोरा चयन भए । त्यस्तै सदस्यमा गीतादेवी आचार्य, सेती उपाध्याय, शान्ति केसी, सीता शर्मा, ज्ञानु पाठक, सन्तु शर्मा रिमाल, जमुना थापा रहेका छन् । अधिवेसनले लेखा समितिमा प्रमिला बिक, मनकुमारी शर्मा र सुजता नेपाली, ऋण समितिमा अम्बिका आचार्य, गीतादेवी शर्मा र कुन्ती पाठक तथा शिक्षा उपसमितिमा मोतीकला शर्मा, कल्पना शर्मा र राधिका शर्मालाई चयन गरेको हो ।
कानूनी सल्लाहकारमा बद्रीप्रसाद शर्मा, राजु गौतम र धर्मदत्त सापकोटालाई चयन गरिएको शर्माले जानकारी दिईन् । २ सय १२ जना महिलाले मात्र संचालन गरेको यो सहकारीले बचत तथा ऋणको कार्यक्रम सहित बंगुरपालन, कुखुरा पालन र तरकारी खेती गर्ने शेयर सदस्य किसानलाई ऋण दिएको छ । ऋण लगेकाहरुले समयमा तिर्ने र कृषि पेशाबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले महिलाले मात्रै संचालन गरेर पनि उदाहरणीय काम गरेको भन्दै अझै उत्पादनमूखि काममा लगानी बढाउन आग्रह गरेका थिए । घरकै काममा अलमलिएका महिलालाई जागरुक बनाएर व्यवसायिक बनाउने अभियानलाई सबैले सम्मान गर्नुपर्ने पनि उनले बताएका थिए । संस्थाकी अध्यक्ष गीतादेवी शर्माको अध्यक्षता, सरस्वती शर्माको संचालन र दुर्गादेवी शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नबरामरेखा तरकारीको साधारणसभा सकियो
नवरामरेखा तरकारी उत्पादक सहकारी संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कृषि र तरकारीमा विशेष महत्व दिएको यो सहकारीको साधारणसभामा जेष्ठ शेयर सदसय देवकुमारी रायमाझीले उद्घाटन गरेकी थिइन् । शेयर २ सय ७२ जना शेयर सदस्य रहेको सहकारीले विशेष गरी बेमौषमी तरकारी लगाउने किसानलाई ऋण लगानी गर्ने र काममा प्रोत्साहन दिने गरेको सचिव पार्वती आचार्यले बताईन् । साथै महिला किसानहरुलाई च्याउखेतीमा आर्कषण गराइएको छ ।
कार्यक्रममा उत्कृष्ठ अवधि बचत गर्ने सिर्जना अधिकारी चल्ती बचतमा होमबहादुर पुन, नाबालकमा सक्रियता शर्मा, मुद्दती बचतमा भीमबहादर केसी, असल ऋणीमा रामबहादुर रेग्मी, उत्कृष्ठ कर्मचारीमा पूजा कुँवर, कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने शर्मिला केसीकी छोरी मञ्जु क्षेत्री र ममता देवी शर्माको छोरा समित ढुंगानालाई पनि सम्मान गरिएको थियो । साधारणसभामा कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले बर्षको ५ करोड रुपैयाँ कारोवार गरेको प्रवन्धक सुस्मा केसीले बताईन् । सहकारीका अध्यक्ष यादवप्रसाद शर्माको अध्यक्षता, संचालन र स्वागत पार्वती आचार्यले गरेकी थिईन् ।
Previous Articleम्याग्दीलाई माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने
Next Article राजमार्गबाट देखिएको विजोग