बागलुङ, २७ पुस-राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि भुल्न नहुनेमा बागलुङमा आज आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित बिभिन्न कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।
२ सय ९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रमका सहभागी बक्ताहरुले नेपाल एकीकरणका प्रतिक पृथ्वीनारायण शाह र उनको योगदानलाई भुल्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शाहको योगदान र भुमिकालाई कसैले पनि भुल्न नहुने बताएका थिए ।
बक्ताहरुले बिभाजित मानसिकता भन्दा पनि एकताको मानसिकताले शाहको योगदानलाई भुल्न नहुनेमा जोड दिएका थिए । उनिहरुले इतिहाँसलाई कसैले भुल्न र मेट्न खोजेर नमेटिने भन्दै पृथ्वी नारायण शाहको योगदान सवैको मस्तिष्कमा रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख बक्ता धौलागिरी बहुमुखी क्याम्पसका इतिहाँस बिभागका सहप्रध्यापक बिष्णु शर्मा मैत्रीयले पृथ्वीनारायण शाह नेपाल राष्ट्रको पर्यावाची शब्द भएकाले उनको योगदानलाई सदैव कदर गर्नुपर्ने बताए । उनले २०६२/०६३ सालको जनआन्दोलनले दिवसलाई खारेज गरेर राष्ट्रिय एकताको अपमान गरेको प्रति दुःख व्यक्त गर्दै अहिले दिवस मनाउने सन्दर्भमा केहि लचकता अपनाएकोमा खुसी प्रकट गरे ।
बागलुङको राधाकृष्ण मन्दिरको सभाहलमा प्रवचन सहित आयोजित बिशेष समारोहमा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाली काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतम, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक चित्र सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्वर १ का अध्यक्ष हेमराज पन्त, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठले मंतव्य व्यक्त गर्नु गरे ।
त्यसैगरि कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष जिवन आचार्य, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्राज्ञ प्रेम छोटा, समाजसेवी देवबहादुर श्रेष्ठ र टिकाराम सापकोटाले मंतव्य व्यक्त गरे । कार्यक्रम मुल समारोह समितिका संयोजक शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेशकुमार राजभण्डारीको स्वागत र सदस्य सचिव कृष्णराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।
नेपाल सरकारले पौष २७ गते पृथ्वी जयन्ती मनाउने निर्णय गरे संगै बागलुङमा उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय नागरिक मुल समारोह समिति गठन गरी दिवस मनाइएको हो ।
यसैबिच जनता पार्टीले पनि बिभिन्न कार्यक्रमको आयोजना गरि २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पृथ्वी नारायण शाहको फोटोमा माल्याणपन, खेल प्रदर्शन तथा चियापान कार्यक्रमको आयोजना गरि जनता पाटीले दिवस मनाएको हो ।
कार्यक्रममा जनता पार्टीका सभापति तिलकबहादुर रिजालले पृथ्वी नारायण शाहले गरेको शाषन उदाहरणिय भएकोमा जोड दिदै अहिलेका दलहरुले पनि शाहको भुमिकालाई आत्मसाथ गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका पूर्व अध्यक्ष टिकाराम सापकोटाले मंतव्य व्यक्त गर्नु भएको थियोगरे । सो अवसरमा सनराइज आवसिय माविका बिद्यार्थीहरुले खेल प्रदर्शन गरेका थिए । कार्यक्रम जनता पार्टीका महामन्त्री चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, केन्द्रिय सदस्य ताराकुमारी रिजालको स्वागत र केन्द्रिय सदस्य योगेन्द्रबहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो।
विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेको इतिहास छ । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ को आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो । लोकतन्त्रको स्थापनापछि सरकारले दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको छ ।
Previous Articleकिन सरकार छाड्न लागे माओवादी मन्त्रीहरु ?
Next Article जिल्ला सहकारी संघ बागलुङमा पून गौतम