बागलुङ, २७ पुस-जिल्ला सहकारी संघ बागलुङको नवौ बार्षिकसाधारण सभाले दिपक गौतमको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्वत निर्वाचित गरेको छ । बिहिवार सम्पन्न नवौ बार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अशोक गोविन्द राजभण्डारी, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा अञ्जु जिसी रहेका छन । संचालक सदस्यमा कविन्द्रप्रसाद शर्मा सापकोटा, धुर्वप्रसाद शर्मा, सिता शर्मा, सुनिता बिश्वकर्मा, रतनप्रसाद मलेपति, खिमबहादुर कार्की र चिन्तामणी शर्मा निर्वाचित भएका छन । लेखा समितिको संयोजकमा रुद्रबहादुर केसी, सदस्यमा उत्तमबहादुर महत र लिलादेवि खड्का चयन भएका छन।
साधारणसभाको उद्घाटनमा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक प्रभा कोइरालाले देश निर्माणका लागि सहकारी प्रभावकारी बन्दै गएको वताईन । कोइरालाले पछिल्लो समयमा सहकारी सम्मृद्ध नेपाल निर्माणको प्रमुख आधारको रुपमा स्थापित भएको उल्लेख गर्दै अव सहकारीले नै सम्मृद्ध देश निर्माण गर्ने वताईन ।
कार्यक्रममा सञ्चार सहकारी संघका केन्द्रिय उपाध्यक्ष मनकुमारी केसी, राष्ट्रिय सहकारी बैङका केन्द्रिय संचालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघका केन्द्रिय संचालक चण्डीप्रसाद शर्मा पौडेल र जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्णशंकर श्रेष्ठले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव युक्तप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुपाल चालिसेले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक तोयानाथ गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव युक्तप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleपृथ्वीनारायण र उनको योगदानलाई भुल्दै गएकोमा चिन्ता
Next Article एमबीबीएस प्रश्नपत्र चुहावटमा ६ जना भ्रष्टाचारी ठहर