बागलुङ, २७ पुस-चलचित्र ‘रोमियो एन्ड मुना’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा विनय श्रेष्ठ र सृष्टि श्रेष्टलाई प्रस्तुत गरिएको छ। चलचित्रमा विनय रोमियोको भूमिकामा र सृष्टि मुनाको भूमिकामा प्रस्तुत भएका छन्। विनय र सृष्टिको प्रेमलाई पोस्टरमा देखाउन खोजिएको छ। कुर्था सलवारमा सजिएकी विना र टिसर्टमा देखिएका विनयले एउटा गाँठो पारिएको डोरीलाई खेलाइरहेको पोस्टरमा देख्न सकिन्छ।
केहीदिन अघि औपचारिक कार्यक्रममै दुई मोडललाई बिकनीमा प्रस्तुत गरेर आलोचना र चर्चा दुवै बटुलेको ‘रोमियो एन्ड मुना’ फागुन ११ देखि दर्शकबीचमा आउँदैछ। यसअघि नै फिल्मको ट्रिजर र दुई वटा गीत रिलिज भइसकेका छन्। नरेशकुमारको निर्देशनमा बनेको फिल्ममा विनय, सृष्टिका अलवा सुरक्षा पन्त, प्रज्जवलसुजल गिरी र सुष्मा कार्कीको पनि मुख्य भूमिका रहेको छ।
Previous Articleम्यानमार सेनाद्वारा रोहिंग्या मुसलमानको हत्यामा संलग्नता स्वीकार
Next Article शिक्षाको आर्थिक कार्य