बागलुङ, २७ पुस– पैसा कमाउन थालेपछि बाबुआमासँग छुट्टिएर बसेका बलिउड कलाकार थुप्रै छन् । त्यसैमा थपिएका छन्, वरुण धवन पनि । गतवर्ष आलिया भट्ट आफ्नै कमाइले नयाँ घर किनेर बाबुआमासँग छुट्टै बस्न थालिन् ।
अहिलेचाहिँ वरुण बाबु डेबिडको घर छोडेर आफ्नै घरमा बस्न थालेको खबर आएको छ । वरुणले केही समयअघिदेखि मुम्बईमा घरखोजिरहेका थिए । नयाँ घरमा वरुणले आफ्नी प्रेमिका नताशा दलालसँग समय बिताउने गरेका छन् ।
नताशा र वरुण बाल्यकालदेखि नै साथी हुन् । सँगै हुर्किएका उनीहरुबीच गहिरो प्रेम छ । तर, पछिल्लो समय वरुण आलियासँग नजिकिएकाले नताशा तनावमा छिन् । त्यसकारण पनि नताशाले वरुणसँग समय विताउने गरेको बताइन्छ । वरुण, आलियाजस्ता मध्यम क्रेजका कलाकारले बाबुआमासँग छुट्टै बस्न थाले पनि सलमान खानजस्ता मेगास्टार भने आमाबाबुसँगै बस्छन् ।
Previous Articleकेसीले नै उभ्याए प्रधानन्यायाधीशलाई पहिलो पटक कठघरामा
Next Article एपिएफको जितमा अन्जन नायक