बागलुङ, २४ पुस– धार्मिक तथा पर्यटकीय गन्तव्य स्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार उपभोक्ता समिति गठन गरिएको छ । भेलाले उपभोक्ता समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्यलाई सर्बसम्मत चयन गरेको छ । १३ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ आचार्य, कोषाध्यक्षमा शिवलाल उपाध्याय र सदस्यहरुमा गुरुप्रसाद सापकोटा, टिकाबहादुर सार्की, गोमा कार्की, तिलकुमारी थापा रहेका छन् ।
बाँकी पदहरुको पदपुर्ति आपसी समझदारीमा गरिने बताईएको छ । पञ्चकोट समितिका पदाधिकारी, बागलुङ नगरपालिकाका कर्मचारी एवं जनप्रतिनिधि, स्थानिय टोल विकास समितिका पदाधिकारी लगायतको उपस्थितीमा समिति गठन गरिएको हो । आ.ब. २०७४÷०७५ मा बागलुङ नगरपालिका कार्यालयबाट १०८ फिट अग्लो विश्वशान्ति कलशका लागि बिनियोजित बजेटको कार्यान्वयन गर्न उक्त समितिको गठन गरिएको पञ्चकोटका प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले बताए ।
सबैको चासोको बिषय १०८ फिट अग्लो विश्वशान्ति कलशको निर्माण कार्य सुरु गरेका छौं, सबैले यसप्रति दिल खोलेर सहयोग गर्न आग्रह गर्दै आगामी महायज्ञलाई सफल पार्न प्रतिनिधी अध्यक्षले आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै वडा नं. ६ का वडाध्यक्ष खिमराज सापकोटाले तत्काल १०८ फिट अग्लो विश्वशान्ति कलशको निर्माण सुरु गरिएको र नगरपालिका कार्यालयबाट बर्षेनी पर्याप्त बजेटको व्यवस्था गरी यथासक्य विश्वशान्ति कलशको निर्माण गरिने बताए ।