बागलुङ, २३ पुस– निसीखोला गाउँपालिका—३, धाराखर्कमा रहेको पशुपति आधारभूत विद्यालमा अध्ययनरत विद्यार्थीहरुलाई टुकीमारा बत्ति वितरण गरिएको छ । घरमा बिजुली नभएका ८ जना विद्यार्थीहरुलाई विद्यालयका निमित्त प्रध्यानाध्यापक नाकपाल सुनारद्वारा उक्त बत्ती वितरण गरिएको हो । विद्यालयले आयोजना गरेको एक कार्यक्रमको अवसर पारेर सुनारले ३ हजार बराबरको ८ ओटा टुकीमारा बत्ति वितरण गरेका हुन् ।
कार्यक्रमको अवसरमा निमित्त प्रध्यानाध्यापक सुनारले विविध कारणले घरमा बिजुली नपुगेर नियमित अध्ययन क्रियाकलापबाट बञ्चित हुनुपरेका विद्यार्थीहरुको लागि उक्त बत्ती उपलब्ध गराएको बताए । साथै उनले उक्त बत्तीलाई सदुपयोग गरी उत्कृष्ट शैक्षिक उपलब्धी हाँसिल गर्न विद्यार्थीहरु जागरुक हुने अपेक्षा लिएको बताए । उक्त विद्यालयको सेवा क्षेत्र रहेको कतिपय स्थानमा अझैपनि बिजुली पुग्न नसकेको र त्यसले विद्यार्थीरुको नियमित अध्ययन कार्यमा प्रभाव पार्ने गरेको शिक्षक राजेश सुनारले बताए ।
विद्यालयले कार्यक्रमअन्र्तगत प्राथमिक तह कक्षा (१–३) मा भित्र बाहिर, प्राथमिक तह कक्षा(४–५) मा नेपाली भाषामा श्रृती लेखन र आधारभूत तह कक्षा (६–८) मा अंग्रेजी भाषामा श्रृतीलेखन प्रतियोगिताको आयोजना गरिएको थियो ।
Previous Articleबागलुङ भगवती यातायातमा पराजुली
Next Article वाह् ! सुँगुरको पनि स्वर्गमा बास !