बागलुङ, २३ पुस– बागलुङ भगवती यातायात सेवा बागलुङको दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले डिलबहादुर पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । निर्विरोध रुपमा चयन भएको ९ सदस्यीय समितिको बरिष्ठ उपाध्यक्षमा हरि बहादुर रुचाल, उपाध्यक्ष भुपेन्द्र खडका, महासचिव मनोज खडका, सचिव गोबिन्द बहादुर पौडेल ‘गोपाल’ र कोषाध्यक्ष राजकुमार पौडेल छन् ।
सदस्यमा झनर गौचन, पंकज रेग्मी र शुुिसल कार्की चयन भएको निर्वाचन समितिका संयोजक शिवप्रसाद कडेलले बताए । यातायात समितिले आगामी दिनमा देशका अन्य शहर तथा ग्रामिण क्षेत्रमा सेवा संचालनका लागि नयाँ रुटको खोजी गरि सवारी साधनको व्यवस्थापन समेत गर्ने निर्णय गरेको पराजलीले बताए । उनले समय सापेक्ष भरपर्दो र गुणस्तरीय सेवा दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संस्था स्थापना देखि व्यवसायी र यात्रुको हकहितको लागि बिभिन्न आरोह,अवरोह चुनौती झल्नुपरेको स्मरण गर्दै आगामी दिनमा सर्वसुलभ,प्रभावकारी र व्यवस्थित भएर लाग्न निवर्तमान अध्यक्ष ओमबहादुर खडका ले आग्रह गरेका थिए ।
Previous Articleएनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा
Next Article पशुपति विद्यालयमा टुकीमारा वितरण