काठमाडौं, २३ पुस-देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आज देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।
सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्नेछन् । यो सेवाविस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामापुगेको छ ।
“अझधेरै मानिसलाई नयाँ प्रविधिमा आधारित दु्रतगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै, थप २ शहरहरु लाहान र धनगढीमा पनिफोरजी सेवाप्रदानगर्न पाउँदा हामीनिकै हषिर्त छौं,” एनसेलकाकर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । ”राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आˆनो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चितगर्न सफलभएका छौ ।”
जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।
आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्कतिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकतावा सवारी चालक अनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबीफोरजी डेटा पनिप्राप्तगर्नेछन् । प्राप्तडेटा ३ दिनको लागिमान्य हुनेछ । यसका साथै फोरजी सेवा प्रयोग गर्ने ग्राहकले ‘बाइवान गेट वानपि’योजनाअन्तर्गत कुनै पनि डेटा प्याकको खरिदमा त्यही भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त फोरजी डेटा बोनस ग्राहकले फोरजी नेटवर्कमा प्रयोग गर्न सक्छन् । यससँगै एनसेलले योण्डर म्युजिकएपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ ।
ग्राहकले एस्टि्रक्स३२४हृयास डायल गरी योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहद डिजिटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीत संगीतहरु पनि उपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आˆनो सिम फोरजी सिम हो की होइनभन्ने जानकारी प्राप्त गर्न सक्छन् । फोरजी/एलटिई प्रविधिअन्र्तगत पिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्राएप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान-प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । एनसेलले आफ्नो फोरजी सेवा अझ विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभपुर्याउने लक्ष्यलिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ ।