बागलुङ, २२ पुस– लोकदोहोरी क्षेत्रमा एक दशक भन्दा लामो यात्रा गरिसकेका सफल सर्जक तथा कुशल गायक कस्तुप पन्तले यो बर्ष मात्र पाँच ओटा अवार्ड जितेका छन् । केहीदिन अघि सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा जवानीको धक्का बाट उत्कृष्ट लयको उपाधी चुमे सँगै पन्तका यो बर्ष मात्र पाँच उपाधी भएका छन ।
त्यस्तै पन्तले राप्ती म्युजिक अवार्डमा जवानिमा धक्काको भाका बाट,म्युजिक खवर अवार्ड आँसु झरिरहे बाट शब्द रचना, ओ एस नेपाल म्युजिक अवार्ड जवानी मा धक्काबाट शब्द रचना साथै छायाँछबी तिज म्युजिक अवार्ड हे शिव भगवान बाट शब्द रचनाबाट उपाधि चुमेका हुन । अवार्ड जितेपछि प्रतिकृया दिँदै पन्तले आफ्नो स्रोता दर्शकले देखाएको माया प्रति आभार प्रकट गरे ।
लामो समय देखि संगीतमा क्रियाशील सर्जक तथा गायक पन्त निरन्तर गित संगीतको यात्रामा लागीरहेका छन् । यस अगाडी पनि धेरै अवार्डहरु पन्तले जितिसकेका छन भने उनैका सिर्जनाबाट धेरै कलाकार र गायक समेत बनेका छन ।
Previous Articleकृषि प्रर्दशनी हेर्ने धेरै
Next Article २०७४ पुस २२ गते शनिबारको राशिफल