बागलुङ, २२ पुस– कला संस्कृतिको संरक्षण कृषि पर्यटन उद्योग तथा ब्यापारको प्रबर्द्धन भन्ने मुल नारासहित शुरू भएको पाँचौ बागलुङ महोत्सब २०७४ मा कृषि प्रर्दशनीले राम्रो प्रचार पाएको छ । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सबको मुल नारा लाई सहयोग पु¥याउन राखिएको स्टलमा बागलुङ जिल्लामा पाइने अर्गा्निक कृषि जन्य सामाग्री बिक्रीवितरणको लागि राखेर सहयोग गरिरहेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।
न्यु ढोरपाटन आर्गानिक खाद्य तथा फलफूल बिक्री केन्द्रका धनबहादुर पुनले महोत्सब लाई लक्षित गरेर फापर को पिठो अनदी चामल सिस्नुको पाउडर मासको दाल मुस्ताङको सिमि भाङ अदुवा बदाम गुन्द्रुक सुन्तला किबि लगायतका सामाग्री राखेर बिक्री बितरण गरिरहेका छन् । अहिलेको सभ्यता आर्गानक खाद्य बस्तुको आबश्यकता भन्ने नारा समेत भएको कारणले पनि महोत्सबको उदेश्य लाई आत्मसाथ गर्न सकेको आयोजकले जनाएको छ ।
बागलुङ उद्योग बाणिज्य संघले कृषि घरेलुु लगायत स्टललाइ सहुलियत दरमा दिएको छ । दुई पैसा बढी तिरेर गाउँ घरमा फलेको कृषिको आर्गानिक बस्तु किन्ने उपभोक्ता लाई भने बागलुङ महोत्सबले फाइदा पु¥याएको आयोजकले जनाएको छ ।
Previous Articleउपकरण्बाट टिमुर प्रसोधन गरिंदै
Next Article पन्तलाई एकै बर्षमा पाँच अवार्ड