बागलुङ, २० पुस– जिल्ला युवा समिति बागलुङले झन्डै एक बर्ष पछि अध्यक्ष पाएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले बानपा ११ रायडाँडाका बिष्णु पौडेललाई अध्यक्ष नियुक्त गरेको हो । नियुक्तभएसँगै अध्यक्ष पौडेलले बिहिबार पदभार ग्रहण गरेका छन् । नेपाल सरकालेले पौडेलललाई बागलुङको अध्यक्षमा नियुक्ति गरेको हो । पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै पौडेलले जिल्लामा रहेको युवाहरुलाई सशक्त र सवलिकरण गर्दै लैजाने बताए ।
कार्यक्रममा जिल्ला युवा समिति बागलुङका सदस्य एवं जिल्ला समन्य समितिका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्मा,जिल्ला खेलकुद समितिका अध्यक्ष धनबहादुर परियार लगायतले अध्यक्ष पौडेललको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बागलुङमा राष्ट्रिय युवा परिषद अन्र्तगत जिल्ला युवा समिति २०७३ माघ १ गते स्थापना भएको थियो । बागलुङमा एक बर्ष अगाडि स्थापना भएको समितिले अहिले बल्ल अध्यक्ष पाएको छ । जिल्लामा गत बर्ष युवा उद्यम कार्यक्रम गरिएको थियो ।
समिति मार्फत जिल्लाका जैदी, भकुन्डे, रनसिङकिटेनी र बडीगाढ गरि ४ स्थानमा युवा उद्यम समिति गठन गरि बिभिन्न कृषि र पशुपालन व्यवसाय संचालनमा सहयोग गर्दै आएको छ । यस बर्ष पनि जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा पाँच–पाँच लाख रुपैयाँ बराबरका कार्यक्रम, ३० हजार बरावरको उद्यमी कार्यक्रम लगाएका कार्य संचालन गरिन लागेको कार्यालय प्रमुख कुश्मराज उपाध्यायले बताए । पदभार ग्रहण कार्यक्रम अध्यक्ष पौडेललको अध्यक्षता र कार्यालय प्रमुख उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।