बागलुङ,२० पुस– बुटवल बाट बागलुङको लागी छुटेको यात्रुबहाक जिप पाल्पामा दुर्घटना भएको छ । पाल्पाको जोर्तै भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जना घाईते भएका छन । बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको लु १ ज १८५८ नम्बरको जीप रिप्दीकोट गाउँपालिका २ जोर्तेमा दुर्घटनामा परेको हो । जीप जोर्ते ओरालोमा विश्वकर्मा बाबाको मन्दिर नजिक करिब एक सय मिटर तल भिरमा खसेको छ ।
दुर्घटनामा परी बागलुङको निसिखोलाका एकै परिवारका ५० वर्षिय पुरन पुन, २१ वर्षिय लक्ष्मी मगर, ४ वर्षिय बसन्त पुन र रुपन्देही हरेवाका जीप चालक पुनिक बहादुर पुन घाईते भएको प्रहरीले जनाएको छ । जीप अत्यन्तै अप्ठयारोमा खसेकोले उद्धारमा निकै समस्या भएको बताईएको छ । घाईते मध्य चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Previous Article२० पुस २०७४, ढोरपाटन दैनिक
Next Article जिल्ला युवा समिति बागलुङको अध्यक्षमा पौडेल