बागलुङ, २० पूस– जिल्लाको निसीखोलामा दुई पार्टिका कार्यकर्ता बिच राजनितिक बिबाद हुँदा भएको झडपमा परी एक जना घाईते भएका छन् । मंगलबार आफ्नतकोमा भोज खान गएका बेला सामान्य राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका नेता कुशल बुढा मगर घाईते भएका हुन् ।
निसीखोला गाउँपालिका वडा ६ भल्कोटका ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय बुढा मगर गम्भीर घाईते भएको स्थानियले बताएका छन् । निसी भल्कोटकै रिनुबाङमा विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए । भुजेलले भने, ‘पीडित बुढाले बिहान आएर उजुरी दिएर जानुभएको छ त्यस लगत्तै मैले मान्छे लिन पठाएको छु ।’
अहिले घाइते बुढा उपचारका लागि बुर्तिबाङ पठाईएको छ । उनि फर्किएपछी थप खुल्ने उनले बताए । बुढाको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याएको प्रहरीले बताएको छ । सामान्य राजनीतिक विषयमा कुराकानी भईरहेको अवस्थामा रक्सीले मातेर आएका लालकुमारले एक्कासी ढुङ्गा हानेको स्थानीय बेलबहादुर बुढाले बताए । कुशल नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य हुन ।
Previous Articleबुर्तिबाङमा लागेको आगो नियन्त्रणमा
Next Article बिकल्प बिना सडक खन्दै ठेकेदार