बागलुङ, २० पुस– पुरुष भलिबलको सेमिफाइनलमा पश्चिमाञ्चल र गलकोट बिच विहिबार पहिलो खेल हुने भएको छ । बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तरगत खेलको चौथो दिन बुधबार क्वाटर फाइनल चरणका खेल सकिएका छन । १२ टिम रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको खेल विहिबार शुरु हुने भलिबल उपसमिति सदस्य सन्दिप पन्तले जानकारी दिए ।
क्वाटर फाइनलको खेलमा छन्त्याल कन्ट्रक्सन, २३ नं. वाहिनी अड्डा, गलकोट नगरपालिका तथा पश्चिमाञ्चल खेलकुद महासंघ सेमिफाइनलमा प्रवेश गरेको खेलकुद उपसमितिका संयोजक उमाकान्त शर्मा वावुले वताए । पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने बताइएको छ ।
त्यसैगरी महिला भलिवल तर्फ वाइसीयल नेपाल र दर्शन ट्रान्सफर विच सेमिफाइनलमा भिड्दै छन भने नेपाल खेलकुद महासंघ र गलकोट नगरपालिका विच भएको खेल बाट खेलकुद महासंघ फाइनलमा प्रवेश गरिसकेको छ । महिला भलिबलको विजेताले ७५ हजार ५ सय ५५, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने र उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने बताइएको छ ।
Previous Article‘सोले डाँडा काटयो मायाले…..’
Next Article बुर्तिबाङमा लागेको आगो नियन्त्रणमा