पोखरा, १६ पुस – नेपाल सौर्य विधुत उत्पादक संघको पोखरामा समपन्न १७ औ बार्षिक साधारणसभाबाट अध्यक्षमा युवा ब्यवसायी किरण गौतम निर्विरोध निर्वाचित भएका छन । संघको १७ औ साधारणसभाले यस अगाडिको रेकर्डलाई तोड्दै बागलुङका गौतमलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । गौतमले काठमाण्डौमा टपसन इनर्जी प्रा.लि. सञ्चालन गर्दै आइरहेका छन ।
संघको साधारणसभाले महासचिवमा युवा ब्यवसायी सुनिल ढकाललाई पनि सर्वसम्मत रुपमा चुनेको छ । संघको बरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाश विक्रम वस्नेत, द्धितिया उपाध्यक्षमा कुष्ण पराजुली, सचिवमा किरण प्रधान र कोषाध्यक्षमा विनोद सापकोटालाई चयन गरेको महासचिव ढकालले वताए ।
प्रदेश सदस्यहरुमा प्रदेश नं.१ बाट केशव दाहाल, प्रदेश २ बाट दिपक जोशी, प्रदेश ३ बाट विश्व जोशी, प्रदेश ४ बाट ओम केसी, प्रदेश ५ बाट रुद्र वहादुर पुन, प्रदेश ६ बाट नविन शाही र प्रदेश ७ बाट भरत मल्ल निर्वाचित भएका छन भने खुला सदस्यमा श्रीराम अधिकारी, पदम भट्टाराई, दिपक गौतम र जितेन्द्र भट्टाराई निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष उत्तम सिटौला पदेन रहने ब्यवस्था छ ।
विगतको साधारणसभामा संघको नेतृत्व मतदानद्धारा निर्वाचित भएको भएपनि यसपटक भने सवै पदमा निर्विरोध भएको र अधिकांश युवा नेतृत्वमा छनौट भएका सौर्य उर्जा ब्यवसायीले वताएका छन । साधारणसभाको उदघाटन वातवरणमन्त्री मिथिला चौधरीले गरेकी थिइन ।
Previous Articleयस्ता छन सन २०१७ मा विश्वमा भएका प्रमुख घटना
Next Article अमर आदर्श गोल्डकप फुलबल प्रतियोगिता हुने