बागलुङ, १७ पुस– जिल्ला सदरमुकाममा रहेको अमर आदर्श माध्यमिक विद्यालय बागलुङले अमर आदर्श गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘उत्कृष्ट जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ विगत बर्षझँै कक्षा ११÷१२ स्तरिय फुटवल प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन, क्षमता अभिवृद्धि, स्वस्थ मनोरञ्जन एवम् उत्कृष्ट खेलाडी निर्माण गर्नका लागी गोलकपको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
बागलुङलाई स्पोर्टस नगरीको रुपमा विकास गर्न सहयोग पुग्न र युवाहरुलाई फुटबल खेलप्रति आर्कषित गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक विद्यालयका सहायक प्रिन्सिपल कमल पन्तले बताए । माघ ३ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाका एक दर्जनभन्दा बढि माध्यामिक बिद्यालयहरुको सहभागिता रहने बताईएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीयलाई १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र सेमिफाइनल प्रवेश गरेको टिमलाई नगद ५ हजार प्रदान गरिने बिद्यालयले जनाएको छ ।
Previous Articleसौर्य विधुत उत्पादक संघमा गौतम, खनाल र ढकाल
Next Article पर्यटकको प्रतिक्षामा ‘गुफाको डाँडो’