बागलुङ, १६ पुस– इमेज बचत तथा श्रmृण सहकारी संस्था लि. बागलुङको पाँचौं साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ क्षेत्र नं १ प्रदेश सभा १ का सांसद इन्द्रलाल सापकोटाले दिगो बिकास र आर्थिक समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु पर्ने बताए ।
जिल्लाको पहिचान झल्किने खालको उत्पादन गर्दै साना पुंजिहरुलाई ठुलो उपलव्धि दिने स्रोतको रुपमा प्रयोग गर्नुपर्नेमा सापकोटाको जोड थियो । सहकारी संस्थाहरु छरिएर रहेको पुँजिलाई एकीकृत गर्ने माध्याम भएको भन्दै सापकोटाले गरिवी निवारणको लागि सहकारीले खेलेको भुमीकाको प्रशंसा समेत गरे । ‘हामीले अब आत्मनिर्भर हुने बाटो रोज्न जरुरी छ’ सापकोटाले सम्बोधनको क्रममा भने ‘कम्तीमा हामीले उतपादन गर्नसक्ने बस्तुहरुमा आयात गर्न नपर्ने गरी उत्पादन गर्ने वातावरण बनाउँ ।’ सापकोटाले राज्यले उत्पादनको बजारीकरणका लागि समस्या हुने बाटोघाटो नीतिगत ब्यवस्था लगायतका काम गर्ने भन्दै उत्पादनमुलक क्षेत्रमा आम सर्वसाधारण आफै लाग्नु पर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले सरकारी, निजी र सार्वजनीक क्षेत्रको सहकार्यले समान अधिकार सहितको आर्थिक बिकास सम्भव हुने बताए ।
आर्थिक अधिकार समान हुने गरी कानुन बनेको भएपनि उत्पादन नहुँदा रोजगारी नभएको र रोजगारीकै कारण आर्थिक अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताए । कार्यक्रममा उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष लगायतले बोलेका थिए । पाँच बर्ष पहिले स्थापना भएको सहकारीले जिल्लाका तिन ठाउँमा सेवा केन्द्र स्थापना गरेर कारोवार गर्दै आएको जनाएको छ । बुर्तिबाङ, गल्कोट र बागलुङ बजारबाट बचत तथा ऋणका कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी गत आर्थिक बर्षको अन्त सम्ममा झण्डै १६ लाख रुपैयाँ नाफा कमाएको छ । २ करोड ४५ लाख ५१ हजार ८ सय शेयर पुँजी रहेको संसथाले आगामी आर्थिक बर्षमा ४ करोड शेयर पुँजी पु¥याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष देबकुमार नेपालीले बताए ।
सहकारीको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष नेपालीले ब्यगितरुपमा पत्रकार महासंघ बागलुङको भवनलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । एक लाख एक हजार रुपैयाँ ब्यक्तिगत सहयोग गर्ने भन्दै नेपालीले सञ्चार क्षेत्रको धरोहरको रुपमा निर्माण हुन लागेको भवनलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका थिए । जिल्लाको ढोरपान नगरपालिकाका प्रमुख समेत रहेका नेपालीले आगामी बजेटमा नगरपालिकाको तर्फबाट रकम बिनियोजन गर्ने बचनबद्धता समेत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नेपालीको अध्यक्षता, सल्लाहाकार धनबहादुर परियारको स्वागत र योगेन्द्र बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ पुस १६ गते आईतबारको राशिफल
Next Article अध्यक्षका लागि दुईको उम्मेदवारी