बागलुङ, १६ पुस– व्यवसायिक किसानहरुले मात्र संचालन गरेको मिर्मिरे कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सकारीको विकासका लागि श्रम, सीप र पूजिको परिचालन आवस्यक भएको बताए ।
उनले हरेक व्यक्तिले आयआर्जनका लागि खर्च कटाएर बचत बढाउने तथा उत्पादन मूलक काममा लाग्नुपर्ने बताएका थिए । जिसीले सहकारी अर्थतन्त्रको मेरुदण्ड भएकोले सहकारीको मर्म अनुसार काम गर्नुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लब अधिकारीले कृषि सहकारीको सहकार्यबाट अगाडि बढेर बढी फाइदा लिन सकिने बताए । उक्त अवसरमा कृषि सहकारी संघका अध्यक्ष अनन्त खड्का, समाजसेवी केवी राना मागर, शालिकराम शर्मा लगाएतले बोलेका थिए । कार्यक्रममा कृषि प्रर्दशनी, नृत्य, बेलुक फुाउने प्रतियोगिता, चित्रकला समेत गरिएको थियो ।
जेष्ठ सदस्य उमानन्द पौडेलाई सम्मान गरिएको कार्यक्रममा २० जनालाई सम्मान गरिएको थियो ।