बागलुङ, १६ पुस– जन्म दिएर बर्षौ सम्म हुर्काएकी एक आमालाई बिवाह पछि एक युवाले वृद्दाश्रममा लगेर छाडिदिन्छ । वृद्धाश्रममा विशेषगरी छोराछोरी कोही नभएकाहरुलाई राख्ने गरिन्थ्यो । त्यस्तै क्रममा ती आमाले कोही नभएकाहरु आएर बस्न नपाएको देखेपछि आश्रम छाड्छिन् । आफ्नै छोरोबुहारीलाई छैनन् भनेर भन्न सकिनन् । भएर पनि उनलाई घरमा बस्ने अवसर मिलेन । छोराबुहारीले घरमा समस्या देखाएर वृद्धाश्रम पठाएका ती आमा आश्रम पनि छाडेर सडक छेउमा मागेर खान थालिन् । जाडो, गर्मी, घाम पानी नभनी उनले सडकमा मागेर जीवन विताउँदा उनी निकै विरामी परिन् । बिरामी हुँदा कसैले उपचार गराएन । माता तीर्थ औसीका दिन सयौंले आमालाई भेट्न उनी माग्न बसेको बाटो फलफूल र मिठा परिकार लिएर गए ।
उनलाई एकछाक मिठो दिने कोही आएन । उनी कराउन पनि सक्ने थिईनन् । कराएर पनि आफ्नै छोराको वेइज्जत भएको उनी सुन्न चाहन्नथीन । छोराको भलोका लागि उनी सधै कामना गरेर भोकै दिन बिताउँथिन् । यस्तै क्रममा जाडो र भोक तथा रोगको कारण ती आमाको वेवारिसे अवस्थामा मृत्यु भयो । यो घटना केही बर्ष अघि राजधानीको एक खोला किनारमा भेटिएको शवको साथमा रहेको लेखमा आधारित हो । वास्तविक जीवनमा पनि धेरै युवायुवतीले स्वतन्त्रताको नाउँमा आफ्ना आमाबाबुलाई छाडेका छन् । त्यागेका छन् । जसको परिणाम सडकमा धेरै मानिसहरु देखिन थाले । यो समस्या देखेर हेटौडाका केही जुझारु युवाले मानवसेवा आश्रमको परिकल्पना गरेर त्यस्ता आमाबाबुहरुलाई ल्याएर राख्ने व्यवस्था शुरु गरे । यो व्यवस्था सँगै ती आमाबाबुलाई पारिवारिक माया दिने, मिठो खान, लाउन दिने र आफ्नै छोराछोरी भेटिए जस्तो बनाउने अभिायान थालेका छन् ।
बागलुङमा पनि त्यसको शाखाको रुपमा स्थापना भएर हाल २४ जना असहायहरुलाई राखिएको छ । वेवारिसे अवस्थामा भेटिएकी गर्भवती युवतीलाई पनि उनीहरुले उद्धार गरे । उनीबाट जन्मेकी एक बालिकाको अन्नप्रासनका अवसरमा आश्रमले आमा सेमिनार आयोजना गरेको थियो । शनिवार आयोजित उक्त सेमिनारमा आश्रमको हेटौडाका संचालक रामजी अधिकारीले राजधानीको सडकमा भेटिएकी आमाको कथा सुनाएका थिए । त्यस्ता घटना देशभर भएको र आश्रममा दानमुठीबाट उनीहरुलाई माया र खानबस्ने व्यवस्था गरिएको छ । आजकलका युवामा बढ्नो एक्लोपन र जन्मदिएका बाबुआमालाई गर्ने हेलाहामा कमी आओस भनेर सेमिनार गरिएको बागलुङस् स्थित आश्रम संचालक मनिष रायमाझीले बताए ।
कालीगण्डकी चलचित्र मन्दिरमा आयोजित सेमिनारमा जिल्लाका ५ सयले सहभागि भएका थिए । उक्त अवसरमा बोल्ने वक्ता र गरिएका सबै क्रियाकलापले जन्मदिने आमालाई माया गर्न आग्रह गरिएको थियो । आमाको नाउँमा एक पटक स्मरण गर्न, आमाको स्पर्सको अनुभूति गर्न सहभागिलाई लगाइएको थियो ।
Previous Articleएक हजारको लगानीबाट करोडपति
Next Article र्मिमिरे कृषि सहकारीको वार्षिक साधारणसभा