बागलुङ, १४ पूस– म्याग्दीको मंगला–२ घर भई बागलुङ बजारमै बस्ने २० बर्षका स्वदेश बुढाथोकी प्रहरीको नियन्त्रणमा छन् । उनी लागूऔषध ओसारपसार र सेवनको आरोपमा पक्राउ परेका हुन् । विद्यार्थी उमेरका बुढाथोकी लागूऔषधको कारोवार गर्ने प्रतिनिधि पात्र हुन् । तर उनले आँफूजस्तै युवाहरुमा लागूऔषध पु¥याउने काम गर्ने प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले कारोबार गर्ने युवाहरु पनि १६ देखि २० बर्ष उमेर समूहकै छन् । उनीहरु विद्यालय र क्याम्पसको पढाई छाडेर लागूऔषध सेवन गर्न निस्कन्छन् ।
कोही बजारका छेउछाउ, झाडी लगायतका क्षेत्रमा बसेर दुव्र्यसनी बनिसकेका छन् । प्रहरीको भनाईमा पनि उनीहरु लागूऔषधको एडिक्टको अवस्था पुगि सकेका छन् । हुन पनि पछिल्लो दश दिनमा जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ओसारपसार गर्ने र सेवन गरेर सामाजिक जनजीवनलाई प्रभावमा पार्ने काममा लागेका ११ युवा प्रहरीले पक्राउ गरेको छ । तीमध्ये केहीलाई ओसारपसार मुद्दा दायर भैसकेको छभने केही युवालाई अनुसन्धानको दायरामा राखिएको छ । पक्राउ पर्नेमा निसीखोला–५ का ३० बर्षिय खिमबहादुर घर्तीको साथबाट ५ केजी चरेस फेला परेको थियो भने अन्यको साथमा प्रतिवन्धित लागू औषधीका क्याप्सुलहरु फेला परेको हो । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–८ का महेन्द्र बिक, म्याग्दीको रत्नेचौर–१ का केशव थापा, बिनोद थापा र मंगला–२ का स्वदेश बुढाथोकी रहेका छन् । बागलुङ नगरपालिका–४ का लक्ष्मण सुनार, साजन केसी लगायतका युवा पनि पक्राउ परेको प्रहरी उपरिक्षक बिनोद रेग्मीले बताए । पक्राउ परेका घर्तीबाहेक अधिकांस १६ देखि २१ बर्ष सम्मका युवाहरु रहेका छन् । उनीहरुले आँफै सेवन गर्ने र अन्य समूहलाई बिक्री गर्ने काममा संलग्न भएको भेटिएको प्रहरीले बतायो ।
विद्यार्थी उमेर समूहका युवाहरु दुव्र्यसनमा लागेको प्रहरीको अनुसन्धानले देखाएपछि शंकास्पद गतिविधि हुने स्थानमा निगरानी बढाएको छ । ‘जिल्लामा बढीमा ४ सय प्रहरी छौं, जनसंख्या दुई लाख बढी छ’ रेग्मी भन्छन्, ‘प्रहरीले हरेक नागरिकको निगरानी गरेरभन्दा हरेक अभिभावकले आफ्ना छोराछोरीको चासो राख्न जरुरी छ ।’ अभिभावकको बेवास्ता र मागेको बेला कारण नसोधीकनै पैसा दिनुले युवाहरुमा लागूऔषध दुव्र्यसनी बनाएको भेटिएको उनले बताए । अझै मेला महोत्सवमा राती पनि घरमा नआउने युवाबाट दुव्र्यसनीको खतरा बढ्ने उनले बताए । विद्यालय र क्याम्पस तहको अध्ययन गरिरहेका युवालाई अभिभावकले समयमै सचेत बनाउन सकेनन् भने लागू औषधले बर्बादीतर्फ लैजाने रेग्मीको बुझाई छ । ‘प्रहरीले एकदुई जनालाई पक्रेर कारवाही गर्न सक्छ, तर सबैलाई ल्याएर राख्न सक्दैन’ रेग्मी भन्छन्, ‘भोलीको राजनीतिक, सामाजिक नेतृत्व संहाल्ने युवालाई हाम्रै बेवास्ताले बिगारिरहेका छौं । कोही व्यक्तीलाई पक्राउ गरेर संख्यामा सफलता पाएको खवर दिनुभन्दा सबै नागरिक सभ्य भएको अवस्था देख्न सबैलाई मन भएको उनले बताए । ठूला–ठूला अपराधका घटनाको अध्ययनले पनि युवाहरुको ड्रग्स एडिक्ट पहिलो कारण भएको देखाएको रेग्मीको भनाई छ । अभिभावकको नियन्त्रणमा रहेकै समयमा सुधार गर्न नसकेपछि राज्यले पनि केही गर्न नसक्ने उनी बताउँछन् ।
प्रहरीले विद्यालय तहमा पुगेर लागूपदार्थ दुव्र्यसनको असरबारे विद्यालय तहमा पुगेर केही समय अभियान पनि चलाएको थियो । समय समयमा कार्यक्रम बनाएर प्रहरीले यस्ता अभियान नियमित चलाईरहेपनि अभिभावकमा चासो पुग्न सकेन भने सयौं युवा पक्राउ पर्ने, मुद्दा खेप्ने र धरौटी तिरेर फर्कने क्रम जारी रहने देखिन्छ । यसले युवाहरुमा हुनुपर्ने रचनात्मक क्षमता हराएर देशको दक्ष जनशक्ति निर्माणमा पनि अवरोध आउने खतरा बढी छ ।
Previous Articleपाचौं बागलुङ महोत्सव आजदेखि, तयारी पुरा भयो– आयोजक
Next Article पुरुष भलिबलको उपाधि शान्तिचौर माविलाई