बागलुङ, १४ पूस– जनशिक्षीत माध्यामिक बिद्यालय अर्जेवाको ४२ औं बार्षिक उत्सवको अवसरमा आयोजीत पुरुष भलिवल खेलको उपाधि शान्तिचौर क्लव अर्जेवाले जितेको छ । शनिबार देखी सुरुभएको बार्षिक उत्सव कार्यक्रम अन्तरगतको पुरुष भलीवल बिहिबार सम्पन्न अन्तिम खेलबाट शान्तिचौरले उपाधि जितेको हो । साहारा क्लव कुश्मीशेरालाई पराजित गर्दै शान्तिचौरले उपाधि जितेको बिद्यालयका शिक्षक नबिन पौडेलले बताए । प्रतियोगीतमा साहारा क्लव कुश्मीशेरा दोस्रो भएको छ भने जनप्रिय खेलकुद परिवार अर्जेबा तेस्रो भएको बिद्यालयले जनाएको छ । बागलुङ र पर्वत जिल्लाका गरी ३२ समुहले प्रतियोगीतामा सहभागीता जनाएका थिए । उपाधि बिजेताहरुलाई बिहिबार एक सामारोहका बिच पुरस्कार बितरण गरीएको छ । प्रतियोगीतामा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार मेडल र प्रमाण पत्र पाएको शिक्षक पौडेलले बताए । यस अघि सोमबार सम्पन्न महिला भलीवलको उपाधि समेत शान्तिचौर महिला समुहलेनै जितेको थियो ।
Previous Articleलागूऔषध दुव्र्यसनमा फस्दै युवापुस्ता
Next Article १४ पुस २०७४, ढोरपाटन दैनिक