बागलुङ, १४ पूस– “कला संस्कृतिको संरक्षण, कृषि,पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन” भन्ने मुल नाराका साथ शुक्रवारदेखी बागलुङमा सुरुहुने पाँचौं बागलुङ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । महोत्सव मुल आयोजक समितीका संयोजक तथा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बिहिबार आयोजीत पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएका हुन् । महोत्सवको गैह्र आवासिय नेपाली महासंघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक व्यक्तिलाई ल्याएर उद्घाटन गराउने चलनको क्रम भंग गर्दै व्यवसायिक व्यक्तिलाई ल्याएकोले महोत्सवको छुट्टै महत्व बढेको स्थानीयले बताए ।
बिहान १० बजेदेखि धवलागिरी बहुमुखी क्याम्पसबाट सांस्कृतिक झाँकी सहितको ¥यालीले बजार परिक्रमा गर्ने योजना छ । शुक्रबार दिउँसो १२ बजे महोत्सवको उद्घाटन गर्ने तयारी भैरहेको छ । बागलुङ बजारलाई बेहुली जस्तै सिंगारेर महोत्सवको उद्घाटन गर्नका लागि सबै टोल विकास समितिलाई छुट्टछुट्टै जिम्मा दिइएको छ । सबै टोलमा ध्वजापतका र तुल व्यानरले सिगारिएको छ । बागलुङमा अस्तित्वमा रहेका सबै जातीका संभव भए सम्मका संस्कृति झल्कने गरी नृत्य र झाँकी देखाईने कार्यक्रम समेत छ । उद्घाटनको क्रममा सामान्य झलक देखाएपनि महोत्सव भर ती नृत्यहरुको पूर्ण स्वरुप प्रदर्शनी गरिने बताइएको छ ।
महोत्सवका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । दिनरात भर प्रहरीले सुरक्षा दिने व्यवस्था भएको निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए । महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला लोक दोहोरी गीत तथा खुला नृत्य प्रतियोगिता पनि छ । दश दिनसम्म चल्ने महोत्सवमा १ सय ८२ वटा व्यपारिक स्टल राखिएको छ । अधिकांस स्टलमा धौलागिरी क्षेत्र भित्रका उत्पादन र कृषिका फसल राख्ने योजना बनाएको छ । त्यस्तै सोरठी, घाँटु, हनुमान नाँच लगायतका दर्जनबढी सांस्कृतिक महत्वका नृत्यलाई प्रर्दशनी गरिने योजना छ । धवलागिरी क्षेत्रका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्र झल्कने फोटो प्रदर्शनी पनि मेलामा राखिएको छ । आर्कषणका लागि मरुभूमिमा पाईने उँट समेत प्रदर्शनीमा राखिएको छ । उक्त उूटले नेपाली भाषाका गीतमा नृत्य समेत देखाउने छ । महोत्सवमा आएका पाहुना र दर्शकलाई पर्यटकीय स्थानहरुमध्ये बागलुङ कालिका, पञ्चकोट र भकुण्डे घुमाईने तथा कम्तिमा एकरात होम स्टेहरुमा राख्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताए ।
Previous Articleकुरा काट्न छाडेर सहयोगका लागि जुटौं (बागलुङ महोत्सव बिशेष)
Next Article लागूऔषध दुव्र्यसनमा फस्दै युवापुस्ता