सदरमुकाम बागलुङ बजारमा आजबाट पाँचौं बागलुङ महोत्सव सुरु हुँदैछ । अनेकौं चुनौतीलाई पार लगाउँदै शुरु हुन लागेको महोत्सवमा मरुभुमीको उँट बागलुङमा नचाएर नयाँ स्वाद दर्शकलाई दिँईदै छ । लघुउद्यमीको उत्पादनको प्रबद्र्धन र कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बिषयमा उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष महोत्सव मुल आयोजक समितीका संयोजक जयराम भारीसँग जनमञ्चकर्मी रामकृष्ण बोहरा/तारानाथ आचार्यले गरेको कुराकानी ।
आफनो कार्यकालमा महत्वपुर्ण काम गर्दै हुनुहुन्छ कस्तो लागिरहेको छ ?
–२०५९ सालदेखी बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्दै आएको महोत्सवको पाँचौं संस्करण हामीले गर्न लागेका छौं । मेरो कार्यकालमा पाचौं महोत्सव प¥यो । यसको नेतृत्व गर्न पाएकोमा खुशी छु । जिल्लाको उत्पादन प्रबद्र्धन, पर्यटनको विकास र स्थानिय उत्पादनको बजारीकरण तथा लघुउद्यमको विकास तथा प्रचार–प्रसारको लागि महोत्सव गरेर सहयोग गर्न पाउँदा खुशी लागेको छ । बागलुङलाई चिनाउनको लागि गरिएको महोत्सवमा यहाँका नागरिकबाट पाएको थप सहयोगले म निकै खुशी छु ।
महोत्सवको किन आवस्यकता थियो ?
–बागलुङ प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा उत्पादित बस्तुको बजारीकरण र यहाँको पर्यटनको लागि आवश्यक प्रचार–प्रसारको ब्यबस्थापन गर्नु हाम्रो दायित्व हो । स्थानिय उत्पादनको प्रदर्शन गर्दै व्यापार व्यवसायमा वृद्धि गर्न, लघुउद्यमका क्षेत्रमा उत्पादित बस्तुलाई छिमेकी जिल्ला तथा देशका बिभिन्न सहरसम्म पु¥याउन र जिल्लाको कला संस्कृतिको संरक्षण गर्दै जिल्लाको चिनारीलाई बढाउन महोत्सवको आवस्यकता थियो । हामीले सोहीअनुसारको तयारी गरेर यो महोत्सव गर्दैछौं ।
बागलुङबासी र समग्र ४ नं प्रदेशलाई यसबाट के फाईदा हुन्छ ?
–यसैपनि महोत्सवले जिल्ला र समग्र ४ नं प्रदेशको ब्यापार व्यवसाय, पर्यटन र लघुउद्यमका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने कुरा जगजाहेर कुरा हो । प्रदेश भित्रका छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लाहरुबाट यहाँ आउने पाहुनाले यहाँ उत्पादन भएका बस्तुलाई लिएर जानु हुन्छ । अनि अन्य जिल्लामा उत्पादन हुने बस्तुहरुको समेत यहाँबाट स्टल राखेर प्रदर्शन हुन्छ जसले गर्दा व्यापार बढ्छ । अर्को कुरा हामीसँग प्रशस्त स्थानिय र बाह्य पर्यटकको लागि हेर्न र घुम्न लायक ठाउँहरु छन् । बागलुङ कालिका, बलेवाका भैरव, पञ्चकोट, मुस्ताङको मुक्तिनाथ, म्याग्दीमा गलेश्वर, पर्वतमा शालीग्राम शिला यि सबै चार नं प्रदेशका प्रचार गर्न आवस्यक र घुम्न योग्य ठाउँहरु हुन् । यि सबै ठाउँको हाम्रो महोत्सवले घुम्ने अवसर जुटाउँछ भन्ने हो । यहाँ आएको टाढाको पर्यटकलाई यहि मौकामा म्याग्दी, मुस्ताङ, पर्वत घुम्न जान सहज हुन्छ । त्यो वातावरण महोत्सवले सिर्जना गर्छ । अर्को कुरा जब हामीले यहाँ हजारौ नागरिक उर्ताछौं पर्यटनका हिसावले जिल्ला महत्वपुर्ण जिल्ला हो भन्ने बनाउन सक्छौं तब बलेवाको बिमानस्थल, कालीगण्डकी कोरीडार र मध्यपहाडी लोकमार्गको स्तरोन्नती र सञ्चालनमा दबाव सिर्जना हुन्छ भन्ने हो । यसका लागि ४ नं प्रदेशको बागलुङमा हुने महोत्सव महत्वपुर्ण छ ।
महोत्सव आयोजना गर्दाका चुनौतीहरु के–के हुन ?
–हामीले चारपटक महोत्सव यसअघि नै गरिसकेका छौं । त्यसले गर्दा हमीसँग धेरै अनुभव छ । हालको लागि बागलुङमा मुख्य चुनौती भनेको सार्वजनिक स्थानको हो । स्थानको अभावमा हामीले क्याम्पस बिदाको बेला पारेर महोत्सवको आयोजना गर्नुपर्ने अवस्था आएको छ । म क्याम्पसलाई धन्यवाद दिन चाहन्छु, जसले हामीलाई यो प्राङ्गण उपलव्ध गराएको छ । अर्को चुनौती भनेको निशुल्क स्टलको व्यवस्था गर्दा समेत कृषिजन्य उत्पादन र लघुउद्यमका सामानहरुलाई यहाँसम्म ल्याउनको लागि छ । जिल्लास्थित कार्यालयहरुले बजेटको व्यवस्था नभएको जनाएको र स्थानिय निकायले साना उत्पादकलाई यहाँसम्म आउने–जाने व्यवस्था गर्न नसक्दा समस्या हुने देखीएको छ । तर हामी त्यो कुराको पनि ब्यवस्थापन गर्ने पक्षमा छौं । मुख्य रुपमा के कुरालाई महोत्सवको प्राथमिकतामा राख्नु भएको छ ? –मुख्यत कला संस्कृतिको संरक्षण हो । त्यसका लागि हामीले जिल्लाको ढोरपाटनदेखी सदरमुकामसम्मका सबैखालका संस्कृतिको प्रदर्शनको लागि ब्यबस्था मिलाएका छौं । अर्को कुरा उत्पादन भएका बस्तुको बजारी करण हो । अनि यसपटक हामीले मरुभुमीमा जन्मिने उँट ल्याउने निधो गरेका छौं । मानिसमा हराउँदै गएको सभ्यतालाई पशुले पनि सिकाएको कुरा सिकेर अनुसरण गर्छ भन्ने पारेर आममानव जिवनमा नयाँ असर पैदा गराउन उँटलाई नचाउने छौं ।
छिमेकी जिल्लाको तुलनामा एजेण्डा कम महत्वको हुनु, नाफा कम र बिना उद्देश्यका महोत्सव आयोजना हुन्छन भनेर आरोप लाग्ने गरेको छ नि ?
–यो गलत हो । उद्देश्य बिनाका महोत्सव हुनै सक्दैनन् । आलोचना गर्नेहरुले भने जस्तो हाम्रो काम भनेको बाटो बनाउने, भवन निर्माण गर्ने भन्ने होईन । हाम्रो उद्देश्य कला संकृतिको संरक्षण गर्दै स्थानिय रुपमा उत्पादन भएका बस्तुको बजारीकरण गर्नु हो । त्यो कुरा महोत्सव आयोजना गर्दा साथ अथवा सकिँदा साथ देखिन्छ भन्ने होईन । यसले दिर्घकालीन रुपमा नतिजा दिँदै जान्छ । अनि हामीले महोत्सवबाट भएका आम्दानीलाई व्यवसायीको हित हुने खालका काममा नै प्रयोग गर्दै आएका छौं । कुनै बेलाको महोत्सवमा हामीले भवन सुधार ग¥यौं । कुनै बर्षकोमा हामीले जिल्लाको सदरमुकाममा सुरक्षाको व्यवस्थालाई ध्यानमा राखेर सिसिक्यामेरा जडान गरेका छौं । त्यो काम कसैले देख्दैनन् अलोचना गर्ने धेरै हुन्छन् ।
महोत्सवको आम्दानीबाट के काम गर्नु हुन्छ ?
–महोत्सवमा आम्दानी हुन्छ नै भन्ने केही ठेगान छैन् । दर्शक आउनु भो टिकट बिक्री भयो भने आम्दानी होला । अर्को कुरा हामीले ब्यबस्थापनमा धेरै खर्च गरेका छौं । त्यो अनुसारको आम्दानी हुन्छ या हुँदैन भन्ने हो । यदि यो महोत्सवमा आम्दानी भयो भने समाजमा फरक सन्देश जाने हिसावले काम गर्ने योजनामा छौं । बजारमा थप सिसि क्यामेराको जडान गर्ने सोच छ । जे होस् हामीले गुनासो नआउने गरी काम गछौं ।
दर्शकले किन जानुप¥यो महोत्सव हेर्न ? जाँदा र नजाँदा के फरक पर्छ ?
_म दर्शकहरुलाई आग्रह गर्न चाहन्छु यो महोत्सव नछुटाउनु होस् । आजसम्म पनि जिल्लाका धेरै मानिसलाई भकुण्डेमा होम–स्टे छ भन्ने कुरा जानकारी छैन् । गाईघाटको झरनाका बिषयमा बागलुङ बजारका धेरैलाई जानकारी नै छैन् । यि र यस्तै धेरै जान्नै पर्ने बिषयको संयोजन महोत्सवले गरेको छ । यो महोत्सवमा आएर जिल्लामा उत्पादन हुने बस्तु तथा जिल्लाका पर्यटकीय क्षेत्रको बारेमा कम्तीमा जानकारी लिएर जान म दर्शक महानुभावहरुलाई आग्रह गर्दछु ।
अन्तमा हाम्रो अनलाईनमार्फत आम दर्शकलाई के भन्न चाहनु हुन्छ ?
–सबैभन्दा पहिला त म धन्यवाद दिन चाहन्छु ढोरपाटन टिमलाई । आमदर्शकलाई महोत्सव हेरेर सल्लाह सुझाव र प्रतिकृया दिन आग्रह गर्दछु । अनि आम बागलुङबासीलाई आफ्नो टोल, घर सरसफाई गरेर श्रृंगारिएको बजारमा पाहुनाहरुलाई स्वागत गर्न म आग्रह गर्दछु ।