प्रकाश बराल
बागलुङ उद्योग बाणिज्य सघले पुस १४ गते देखि पाँचौं महोत्सव गर्दैछ । यो बागलुङको सामाजिक, सास्कृतिक र व्यवसायिक ईतिहासको कोषे ढुंगा हो । इतिहासले यो महोत्सवको आफ्नै खालको समिक्षा गर्नेछ । महोत्सवको आवस्यकता कति छ, महत्व के हो भन्ने कुरा पनि जिल्लाबासीमाझ छर्लङ हुनेछ ।
व्यवसायिक हक हितका लागि स्थापित नीजि क्षेत्रको अगुवा संस्थाको नाताले यहाँका हरेक प्रकारका उत्पादनको बजार खोजी गर्नु, सबै व्यवसायीको हकमा आवाज बुलन्द पार्नु, कला, संस्कृति र घरेलु उत्पादनलाई प्रोत्साहन दिनु संघको मुख्य जिम्मेवारी पनि हो । यो जिम्मेवारीलाई बहन गरेर केही दशक यता संघले महोत्सव गर्न शुरु गरेको हो । २०५९ सालमा पहिलो पटक गरिएको महोत्सवको ऋखला लाईहेर्दा २०६३, २०६६, २०७०मा सफलता पूर्वक सम्पन्न भए । २०७४ सालको महोत्सव अहिले शुरु भएको छ । यो महोत्सव पनि जिल्लाको व्यपार, कला र संस्कृतिको सफलताको अर्को सिंढी बनेर आएको छ । यो महोत्सवको साथसाथै महिला उद्यमी विकास समितिले २०६७ सालमा र २०७४ कै भदौमा तिज मेला तथा महिला महोत्सव पनि गरेको छ । यी सबै मेला र महोत्सवले मौलीक संस्कृतिलाई जर्गेनामा अगुवाई गरेका छन् । साना तथा मझौला व्यवसायीको उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ । कृषिको व्यवसायिक उत्पादनमा उत्प्रेरणा थपेको छ । नगदेबालीहरुलाई बजारको सहज पहुँचमा पु¥याउन पनि यसले मार्ग खोलिदिएको छ ।
मेला र महोत्सवको ईतिहासलाई खोतल्दा बागलुङ कालिका भगवती मन्दिरको स्थापना र त्यसको पूजा विधिमा पनि जोडिन्छ । पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सूग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको ईतिहास छ । यो ईतिहास कायम भएको दिन देखिनै बागलुङमा विशेषगरी चैतेदशै र बडादशैमा धार्मिक भक्तजनको भीड लाग्छ । चैतेदशैमा भने धार्मिक भक्तजन मात्र नभएर कला, संस्कृति र स्थानीय उत्पादनको बजारका लागि मेला लाग्ने गरेको थियो । हालको लालीगुूरास चोक देखि हाल बजार बसेको अधिकांस स्थानमा सयौं मानिस जम्मा भएर कला र संस्कृतिका धनी धौलागिरी बासी मात्र नभएर पश्चिमा रुकुम र रोल्पा देखि धेरै स्थानका मानिसहरु आएर आफ्ना संस्कृतिहरु देखाउने गर्थे । बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ सम्झन्छन्, ‘पुरानो बजारमा बाहेक अन्यत्र घर थिएनन्, खेतका गरागरामा मान्द्रो, चित्रा लगाएर छाप्रो बनाएर बस्ने चलन थियो ।’ हरेक छाप्रोमा सालैज्यो, झाम्रे, लोक गीत संगीतको धुन बज्थे । मादल, डम्फु र मुजुराको तालमा मौलिक संस्कृतिका नृत्यहरु नाचिन्थे । यो मौकामा गाउूका किसानले उत्पादन गरेका तरकारी, खसी बाख्रा, कुखुरा विक्रि गर्न ल्याउँथे । किन्नुपर्नेहरु पनि त्यहीं आएर छानेर खरिद गर्थे । यो साँच्चैको हाट बजार जस्तो पनि देखिन्थ्यो । गोरखपुर देखि मुसलमानहरु आफ्नो व्यवपारका लागि बागलुङ आउँथे । चुरौटेहरुले चुरा बेच्ने एक प्रकारको मेलानै लाग्थो । अहिले बजारमा खुलेका कस्मेटिक पसलले त्यसको महत्व घटाइदिएको छ । देश विदेशमा भएका युवा युवतीहरु चैतेदशैको मेलाकै अवसर पारेर घुम्न आउने गर्थे । धेरै जसोको माया प्रेम परेर विवाहमा परिणत हुने पर्वको रुपमा पनि चैतेदशै थियो । बागलुङको पशिचम क्षेत्रका मानिसले बनाएका डोको, डालो, मान्द्रो, ठेकी, मादल, फलामका कराई, कुटो कोदालो लगायतका घरेलु खुकरी र हंसिया जस्ता सामान किन्न पनि चैतेदशैको मेला पर्खनु पथ्यो । विस्तारै बागलुङ बजारमा घर बन्दै गएपछि खेतका गराहरुमा बस्ने चलन अलि व्यवस्थित हुन सकेन । तसर्थ २०४९ सालमा हरिप्रसाद श्रेष्ठ अध्यक्ष भएको पालामा यस्ता सबै क्रियाकलाप र व्वसायलाई व्यवस्थित बनाउनका लागि पहल शुरु भयो । गीत संगीत, कला र संस्कृतिलाई स्वतस्फूर्त बाहिर आउन दिनुपर्छ भन्दै उद्योग बाणिज्य संघले मंचको व्यवस्थापन गरिदियो । उक्त मंचले धेरैको प्रतिभा उजागर भयो । समूहमा बसेर गाउने गीत र नाच्ने नृत्यले पाएको मंचले खुल्ने मौका मिल्यो । अहिले धौलागिरी क्षेत्रमा लोकगीत, सालैज्यो जस्ता धेरै कलाकारिता जानेका कलाकारहरु छन् । उनीहरु जन्मनुको पछाडि बागलुङ उद्योग बाणिज्य संघको उक्त अगुवाई हो भन्न श्रेष्ठ रुचाउँछन् । मेलाकै अवसरमा लोकदोहोरी, झाम्रे, सालैज्यो, सोरठी लगायतका गीत, नृत्य प्रर्दशन गर्ने, धौलागिरी क्षेत्रका मौलीक कलाको रुपमा चिनिने ठेकी, डाला, डोका, बुट्टेनली जस्ता सामाग्रीको प्रर्दशन गर्ने र विक्रि समेत हुने गर्छ । विभिन्न खेलकुद प्रतियोगितालाइ विशेष गरेर अवसरमा जुराइन्छ । अहिले पनि महोत्सवमा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड सहित जिल्लाका दशवटा स्थानीय तहले पनि सहयोग गरेका छन् ।
हरिप्रसाद श्रेष्ठ पछि अध्यक्ष भएका शैलेन्द्रकुमार श्रेष्ठले बागलुङ उद्योग बाणिज्य संघलाई थप संस्थागत गर्दै मेलालाई निरन्तरता दिने योजना बनाएका थिए । धौलागिरी बहुमुखी क्याम्पसको प्राङगणमा मंच बनाएर मेलालाई व्यवस्थित बनाउने गरेको उनले स्मरण गरे । साथै व्यवस्थित रुपमा मेला संचालन हुन्छ भनेपछि दर्शक, कलाकारहरुको ओइरो लाग्ने गरेको थियो । चैतेदशैको अवसर पारेर हरेक बर्ष मेला आयोजना हुन्थे । चैतेदशै, बागलुङ कालिका र उद्योग बाणिज्य संघको संयुक्त अभियानको रुपमा मेलाहरु चिनिन्थे । पछिल्लो समय बागलुङ भगवती गुठी व्यवस्थापन समितिले पनि मेला गर्न थाल्यो । केही समय त दुइ संस्थाबीच महोत्सवको होडवाजीपनि चल्यो । तर समग्रतामा जिल्लाको पर्यटन विकास, व्यपारको वृद्धि, कला र संस्कृतिको उन्नतीलाई मुख्य उद्धेश्य बनाइएको स्पष्ट भयो । त्यसैले यो पटक उद्योग बाणिज्य संघले पुसमा महोत्सवको मिति तोकेको अध्यक्ष जयराम भारीले बताउँछन् ।
मेलालाई महोत्सवको रुप दिन थालिएको भने सहदेव राजभण्डारी संघको अध्यक्ष भएको पालामा हो । पहिलो पटक २०५९ सालमा महोत्सव भयो । यो महोत्सवले जिल्लाको पहिचान र उद्योग बाणिज्य संघको भूमिकालाई उचाईमा पु¥याएको थियो । त्यतिबेलाका कोषाध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासु महोत्सवले धौलागिरीको पहिचान बढाएको स्मरण गर्छन् । ‘छरप्रष्ट रुपमा रहेका व्यपार, कला र संस्कृतिलाई एउटै मंचमा समेट्ने, लगातार ८ देखि १० दिन सम्म महोत्सव गर्दा सबै मानिसले हेर्ने, बुझ्ने मौका पाउने र मौलिक उत्पादनहरुले सहज विक्रिको अवसर पाएको महसुस गरेका थियौं ।’ त्यसपछि पनि महोत्सवले निरन्तरता पाएको छ । अहिले पाँचौ महोत्सव हो । विशेष गरी महोत्सव गर्ने बिषयमा पर्वत र म्याग्दी उद्योग बाणिज्यसंघले पनि बागलुङ उद्योग बाणिज्य संघमा सहकार्य र समन्वय गरे । उनीहरुले एक जिल्लामा महोत्सव भएको समयमा अर्को जिल्लामा नगर्ने प्रावधानको विकास गरे । यसले तीनवटा जिल्लाको आफ्नै सहअस्तित्व र सदभावलाई पनि उजागर गरेको छ । अहिले पनि उद्योग बाणिज्य संघले कृषि, पर्यटन र औद्योगिक व्यपार मेला भन्ने नारा बनाएको छ । यो नाराले पनि जिल्लाका सबै खाले उत्पादनलाई महत्व दिएको श्रेष्ठ बताउँछन् । विस्तारै फेन्सी बस्तुको प्रभाव बढेकोले बागलुङ महोत्सवलाई पनि त्यसले प्रभावित पारेको छ । तर पनि यो बर्षका कुल १ सय ८२ व्यपारिक स्टलमा कृषि, घरेलु, लघु उद्योग तथा मौलिक संस्कृति झल्कने उत्पादनलाई विशेष प्राथमिकता दिएको भारीको भनाई छ ।
ती स्टलको अन्यको तुलनामा शुल्क पनि कम छ । लोकदोहोरी गीत प्रतियोगिता र मौलिक भेषभुषालाई स्थान दिएको छ । त्यस्तै ताराखोला, पाण्डवखानी, बागलुङ बजार, गलकोट तथा बुर्तिवाङ सम्मका कलासंकृति र परंपरागत नृत्यहरुलाई महोत्सवमा विशेष स्थान दिन लागिएको छ । यस अघिका महोत्वमा पनि हनुमान नाँच, जोगी नाँच, सिस्नो खोस्ने नाँच जस्ता संस्कृतिलाई स्थान दिइएको थियो । पूर्व राष्ट्रपति डा. रामबरण यादवले तेस्रो महोत्सवको उद्घाटन गरेका थिए ।
उद्योग बाणिज्य संघ भनेको व्यवसायीको संस्था भएको र उनीहरुकै पहलमा पर्यटन बिकास पनि संभव हुने भएकोले राष्ट्रप्रमुखहरुले पनि समय दिएको उदाहरण त्यो थियो । महोत्सवमा फोटो प्रर्दशनीको आयोजना गरिएको छ । फोटो प्रर्दशनीले बागलुङ, धौलागिरी र प्रदेश नम्बर ४ का धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानको महत्व झल्कने व्यवस्था मिलाइएको हो । तस्बिरले दिने सन्देश बयान गरेर सकिंदैन भन्ने एक उदाहरण हो । त्यस्तै महोत्सवलाई आर्कषण बनाउन यो पटक मरुभूमिका पाइने उँटलाई पनि आर्कषणको रुपमा लिइएको छ । महोत्सवका लागि भारतको राजस्थानदेखि नेपाली गीतमा नाूच्ने उूट ल्याउन लागिएको सदस्य पूर्ण केसी बताउँछन् । ‘पहाडी क्षेत्रमा बासिन्दाले कितावमा पढ्न र टेलिभिजनमा देख्न मात्र पाएको उूट हेर्नका लागि टिकट काट्ने व्यवस्था समेत मिलाइएको छ’ केसी भन्छन्, ‘यो जिल्लाकै पहिलो र उदाहरणीय प्रदर्शनीपनि हो ।’ यस्तो दृश्य दुर्लभै हुने भएकोले दर्शकलाई थप मनोरञ्जन दिने उनले बताए । महोत्सवमा आएका पाहुनालाई सर्वसिद्धिधाम पञ्चकोट, होमस्टे गाउँ भकुण्डे लगायतका स्थान घुमाउने र बसाल्ने योजना पनि छ ।
मौलिक संस्कृति हरायोः छोटा
प्रेम छोटा
मेला र महोत्सव भनेको रमाईलो गर्ने स्थान मात्र नभएर यो ईतिहास र परंपरासँग जोडिएको बिषय हो । त्यसमा पनि बागलुङका मेला र महोत्सव भनेको मौलिक संस्कृतिको जर्गेना गर्ने पर्व हो भने पनि हुन्छ । किनकी गाउँगाउँमा फरक फरक संस्कृतिका जाती, जनजाती, धर्म र संप्रदाय छन् । उनीहरुका फरक कलालाई उजागर गराउने महत्वपूर्ण स्थलका रुपमा बागलुङका मेलाहरु परिचित भएको बताउँछन्, संस्कृतिविद प्रेम छोटा । विसं १५९१ मा स्थापना भएको बागलुङ कालिका मन्दिरको अस्तित्व अझै सयौं बर्ष रहनेछ । तर आधुनिकता सँगै गाउँगाउँमा पनि मन्दिर बनेका छन् र त्यसले धार्मिक महत्व त बढाएको छ, तर बागलुङ बजारमै नझरीनहुने आवस्यकता हटाएको छ भन्छन्, छोटा । त्यसैले चैतेदशैमा मात्र हजारौं भक्तजन ओईरिने उनले बताए ।
कला र संस्कृतिको प्रष्फुटन गराउनकालागि पनि बागलुङको मेलामा आउनु पथ्र्यो । अहिले हरेक महिना, हरेक गाउँमा मेला र महोत्सव भैरहेकोले मानिसहरु उतै रमाउन थालेको उनको तर्क छ । साथै छोटाले मेला र महोत्सवका बाबजुत पनि मौलिक कला र संस्कृति भने लोप भएको चिन्ता गरे । ‘नविनतम प्रविधिले मौलिक संस्कृतिलाई लोप बनाएको छ’ छोटा भन्छन्, ‘अव मेला र महोत्सव गरेर पनि संस्कृति बचाउँछु, व्यपार बढाउँछु भन्ने कुरा चुनौती भैसकेको छ ।’ उनले बिना प्रहरी सबै नागरिक १५ दिन सम्मको मेला भरेर सुरक्षित फर्कने बागलुङमा सयौं प्रहरीको घेरा आवस्यक पर्न थालेको बताए । आर्थिक रुपमा महंगो भएकोले मानिसहरु बजार झरेर मेला भर्ने, बास बस्ने भन्ने अवस्था नरहेको यथार्थता उनले सुनाए ।
फलस्वरुप मेला र महोत्सव बजारबासीको लागि, रेडिमेट गीत संगीत सुन्ने र तयारी सामान खरिद गर्ने बजार मात्र भएको छ । ‘गर्दै नगरेको भन्दा गरेको राम्रो छ, तर पनि चुनौतीका बीचमा उद्योग बाणिज्य संघ उभिएको छ’ छोटा भन्छन्,‘अव हामीले धेरै मेहेनत, अनुसन्धान गरेर केही कुरा ल्यायौं भने मात्र मानिसले चासो दिनेछन्, नत्र हल्लाहल्लैमा सबै काम सकिन्छन् ।’ चैतेदशैमा कालिका गुठीले गर्ने भएपछि उद्योग बाणिज्य संघले हिउँदका दिनमा महोत्सव गर्दा जिल्लाको व्यवसाय प्रवद्र्धनमा भने थप साथ र सहयोग पुग्ने उनले बताए । दुइ पटक सम्म मेला महोत्सव भईदिंदा जिल्लाकै उत्पादनले सहज बजार पाउने वातावरण बनेको प्रेम छोटाको धारणा रहेको छ ।