बागलुङ, १३ पूस– शिक्षालाई प्रयोगात्मक बनाएर व्यवहारमा पनि उर्तान सकेमा देशको बेरोजगारीको दर कम हुने एक कार्यक्रमका सहभागिले बताएका छन् । धवलागिरी बहमुखी क्याम्पस समाज शास्त्रीय मानव शास्त्रीय स्थलगत अध्ययन अनुसन्धान समूहले तयार पारेको पुस्तक विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले अनुसन्धनात्मक र प्रयोगात्मक शिक्षा लिएकाले भोलीको व्यवहारमा पनि उतार्न सक्ने बताएका हुन् । सैद्धान्तिक ज्ञानले मात्र समाजको बिकास र गुणस्तर सुधारमा नपुग्ने उनीहरुको टिप्पणी थियो । समाजशास्त्र मानवशास्त्र विभागले गत बर्षका विए तेस्रो बर्षका विद्यार्थीलाई लमजुङ्गको भुजुङ्ग गाउँ भ्रमणमा लगेको थियो । उक्त भ्रमणबाट फर्केपछि प्राध्यापक र विद्यार्थीहरुले तयार पारेको अनुसन्धनात्मक पुस्तक बुधवार एक कार्यक्रमका बिच क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिमोचन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुखले विद्यार्थीहरुले प्रयोगात्मक बिषयमा गरेको मेहेनतले भविष्यलाई गुणस्तरीय बनाउने बताए । रोजगारीका लागि भौतारिने विद्यार्थीहरुको भीडमा प्रयोगात्मक क्रियाकलाप गरेकाहरुले आफ्नो काम सफलतापूर्वक गर्न सक्ने बताए । अध्ययन समूहकी संयोजक मिना सापकोटाको अध्यक्षता, कृषिता अधिकारीको स्वागत र सागर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, विभागीय प्रमुख विश्वबन्धु अधिकारी, सहायक प्रमुख ओमप्रसाद शर्मा, पूर्व क्याम्पस प्रमुख ईश्वरीप्रसाद शर्मा कंडेल, गोविन्द गौतम, प्राध्यापक संघका अध्यक्ष डिल्लीराज गौतम, सहप्राध्यापक डा. सुदर्शन सिलवाल, विभागीय सदस्य सरोजराज पन्त, कर्मचारी संघका सभापति शिवप्रसाद शर्मा, उपप्राध्यापक दिपक प्रसाद शर्मा कंडेल, विज्ञान शिक्षण संयोजक प्रकाशप्रसाद सापकोटा, उपप्राध्यापक मनबहादुर खत्री, नेविसंघ क्याम्पस ईकाई अध्यक्ष दिनेश पन्त, विद्यार्थी प्रतिनिधि श्रीकृष्ठ पौडेल, स्ववियु सचिव बिष्णुराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा सह–प्राध्यापक डा. दिनबहादुर थापाले प्रकाशित कृतिको टिप्पणी गरेका थिए ।
‘भुजुङ्गगाउँ लमजुङ्ग’ नामक पुस्तकमा भ्रमण टोलीका १७ जना विद्यार्थी, शिक्षक ४ जना सहभागि थिए । उनीहरुले बस्तुगत बिवरण पूर्ण रुपमा झल्कने गरी लेख रचना र अनुसन्धनात्मक कृति प्रकाशित गरेका छन् । भ्रमण २०७३ साल पुस ११ देखि १६ गतेसम्म गरिएको सहभागि अनिता बस्नेतले बताईन् ।
Previous Articleमिस एन्जलको बन्द प्रशिक्षण सुरु
Next Article स्टिमर सेवाबाट पर्यटकको संख्या वृद्वि