बागलुङ, १३ पुस – धौलागिरी आवासीय बहिरा विद्यालय बागलुङमा अध्ययनरत विद्यार्थीलाई मिनरभा एजुकेसन फाउण्डेसनले कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । फाउण्डेसनले दुई सय चार जना विद्यार्थीलाई सामाग्री हस्तान्तरण गरेको हो । अमेरिकामा बसोबास गर्दै आएका नेपाली परिवारले स्थापना गरेको उक्त फाउण्डेसनले पहिलो पटक बहिरा विद्यालयका विद्यार्थीलाई कपडासंगै शैक्षिक सामग्री हस्तान्तरण गरेको बताइएको छ ।
फरक क्षमता (वौद्धिक अपाङ्ग) भएकी मिनरभाको नाममा फाउन्डेशन स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले फरक क्षमता भएका व्यक्तिहरुको क्षमता पहिचान र विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए । कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै फाउण्डेसनकी संस्थापक डा. मोनिका पौडेलले गरिव तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ फाउण्डेशन स्थापना भएको बताईन् ।
कार्यक्रममा अस्वीनीकुमार आचार्य, दिलकुमारी शर्मा, गोविन्द गौतम, दिल शिरीष, बिद्यालयका संस्थापक प्रधानध्यापक बसन्तजंग राजभण्डारीले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य केवी राना मगरको अध्यक्षता, प्रधानध्यापक मधुसुदन निउरेको स्वागत र शिक्षक नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleबागलुङमा ३० करोड भन्दा वढिको सुन्तला उत्पादन
Next Article महोत्सवको अवसरमा सरसफाई अभियान