रुद्र गौतम
बागलुङ, ११ पूस– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक बर्ष २०७४÷०७५ को पहिलो ५ महिनासम्म २१ लाख ९१ हजार ५ सय राजश्व संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने, बिना लाईसेन्स सवारी चलाउने, मादक पदार्थ सेवनकर्ता, क्षमता भन्दा बढी यात्रु बोक्ने लगायतका सवारीबाट उक्त राजश्व संकलन भएको ट्राफिक प्रमुख छपबहादुर घर्तीले बताए । ट्राफिकले साउनमा २ लाख २४ हजार ५ सय, भदौमा ३ लाख ३९ हजार, असोजमा ६ लाख ३२ हजार, कात्तिकमा ५ लाख ९९ हजार र मंसिरमा २ लाख ९७ हजार रुपैयाू संकलन भएको हो । विशेषगरी चाडपर्वको समयमा ट्राफिक नियम उलंघन र मादकपदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढी भएकोले असोज र कात्तिकमा बढी राजश्व संकलन भएको थियो । घर्तीका अनुसार गत आर्थिक बर्षमा ८ हजार ४ सय २१ सवारीलाइ कारवाही गरिएकोमा ५१ लाख १० हजार ५ सय राजश्व संकलन भएको थियो । उनका अनुसार यो अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै एकसय जनालाई जरिवाना गरिएको थियो । बिना लाईसेन्स सवारी चलाउने झण्डै ४ सयजनालाई कारवाही गरेको थियो ।
Previous Articleव्यवहारमा घोषणा
Next Article नमुना तरकारी खेतीमा तल्लीन वडाध्यक्ष खत्री