बागलुङ, ११ पूस– जिल्लाको ढोरपाटन नगरपालिका जिल्लाकै पहिलो पुर्ण खोपयुक्त नगर घोषणा भएको छ । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ वडालाई पुर्ण खोपयुक्त वडा घोषणा गरिएसँगै सोमार सिंगो नगरलाई समेत पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । पहिलो चरणमा वडा नं. ७ का वडा अध्यक्ष दीपक थापाको अध्यक्षतामा ३ वटा वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि पुनः नगर प्रमुख देवकुमार नेपालीको अध्यक्षतामा नगरपालिकालाई नै खोपयुक्त नगर घोषणा गरिएको हो । नगरपालिकाका अन्य वडाहरु यसअघि नै पूर्ण खोपयुक्त घोषणा भइसकेका थिए ।
नगरपालिकामा भएका १६ देखि २३ महिनासम्मका वालवालिकालाई नेपाल सरकारबाट दिइने ११ प्रकासका खोप दिइसकेपछि नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुँगानाले नेपाल सरकाले वालवालिकालाई लगाउने भनेको खोप समयमा दिन र यो कार्यक्रमसँगै आगामी दिनहरुमा पनि खोप कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्न स्थानीय निकाय, वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु अग्रसर हुनुपर्ने बताए ।
खोपयुक्त घोषणा कार्यक्रमले मात्र जनताको जनस्वास्थ्यमा खास प्रभाव नपार्ने भन्दै ढुँगानाले, स्थानीय सरकार भनेको स्थानीय निकाय भएकाले आफ्नो स्थानीय निकायबाटै जनताको स्वास्थ्य शिक्षा लगायतका सवालमा प्रभावकारी कार्यक्रम बनाएर लाग्न आग्रह गरे । यस्तै कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दीपक तिवारीले नेपाल सरकारको निर्देशनमा जिल्ला जनस्वास्थ्य कार्यलयमा आएका कार्यक्रमहरुलाई स्थानीय निकायको समन्वयमा सञ्चालन गर्ने बताए ।ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले, केन्द्र, प्रदेश हुँदै स्थानीय निकायसम्म आएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुलाई जनताको घर दैलोमा लैजान नगरले विषेश भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख करमती पुन, वडा नं. ६ का वडा अध्यक्ष जीवन कुमार पुन, वडा नं. ७ का वडा अध्यक्ष दीपक थापा, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका डा. विजय श्रेष्ठले बोलेका थिए ।
Previous Articleउच्च रक्तचाप पहाडभन्दा तराईमा कम
Next Article प्रउ रेग्मीलाई बुर्तिवाङ नपामा स्वागत