मुम्बई, १० पुस – सन् २०१७ मा प्रियंका चोपडा र दीपिका पादुकोण गायब जस्तै भए । आलिया भट्टले एउटा फिल्ममा चमक देखाइन् । अनुष्का शर्मा, कंगना रणावत, श्रद्धा कपुर, कैटरिना कैफसहित बलिउडका अन्य अभिनेत्रीको कस्तो रह्यो यो वर्ष ? एक विश्लेषण :
आलिया भट्ट
आलियाले यो वर्ष थोरै मात्र काम गरिन् । उनी यो वर्ष नयाँ काम सिकिरहेकी छन् । यो वर्ष उनको एउटा फिल्म ‘बद्रीनाथ कि दुल्हनियाँ’ रिलिज भयो । उनको यो फिल्म सुपरहिट भयोे । एउटै फिल्म रिलिज भए पनि आलियाको लोकप्रियता भने कम भएन।
अनुष्का शर्मा
यो वर्ष अनुष्काका लागि स्मरणयोग्य रह्यो । विराट कोहलीसँगको सम्बन्धलाई उनले विवाहमा परिणत गरिन् । तर अभिनयमा भने उल्लेख्य उन्नति भएन । उनका दुई फिल्म रिलिज भए तर दुवै चलेनन् । उनले ‘फिल्लौरी’ मा त लगानी पनि गरेकी थिइन् । यो फिल्ममा उनले केही फरक गर्न खोजेकी थिइन् तर जम्न सकिनन् । ‘जब हैरी मेट सेजल’ मा उनी शाहरुखसँग रोमान्स गर्दै देखिएकी थिइन् तर दर्शकले यो फिल्म रुचाएनन् ।
प्रियंका चोपडा
प्रियंका चोपडा भारतमा त्यतिबेला मात्रै देखिन्छिन् जब उनलाई हलिउडबाट छुट्टी मिल्छ । यो वर्ष उनका कुनै हिन्दी फिल्म रिलिज भएनन् । हलिउड मुभी ‘बे वाच’ हिन्दीमा डब गरेर रिलिज भयो । यो फिल्मबाट प्रियंकाले धेरै आस गरेकी थिइन् तर यसले कुनै कमाल देखाउन सकेन । प्रियंका अहिले निर्माताका रूपमा सक्रिय भएर क्षेत्रीय भाषामा फिल्म बनाइरहेकी छन् ।कैटरिना कैफ
रणवीर कपुरसँग ब्रेकअप भएपछि कैटरिनाले फेरि आफ्नो करियर मजबुत बनाउन खोजेकी छन् । तर उनका पनि कुनै सफल फिल्म रिलिज भएनन् । पहिलेदेखि रोकिएको फिल्म ‘जग्गा जासुस’ यो वर्ष रिलिज भयो र फ्लप पनि भयो । वर्षको अन्त्यमा ‘टाइगर जिन्दा है’ रिलिज भयो । यो फिल्मले भने उनको उत्साह थपेको छ । पहिलो सातामा धेरै राम्रो व्यापार गरेको छ ।
श्रद्धा कपुर
श्रद्धा कपुरको करियर अचानक रोकिए झैं भएको छ । उनी चर्चाबाट निकै टाढा रहिन् । यो वर्ष उनका तीन फिल्म प्रदर्शनीमा आए । कुनै पनि फिल्मले बक्स आफिसमा खास हलचल ल्याउन सकेनन् । ‘ओके जानु’ फ्लप भयो । हाफ गर्लफ्रेन्डको निकै चर्चा थयो तर औसत सफलता पायो । ‘हसिना पारकर’ का लागि श्रद्धाले खुब पसिना बगाएकी थिइन् तर सबै व्यर्थ भयो ।
सनी लियोन
सनी लियोनलाई आजकल फिल्ममा गीतका लागि मात्रै प्रयोग गर्न थालिएको छ । रइस, बादशाह, भूमिजस्ता फिल्ममा उनीमाथि गीतमात्रै फिल्माइयो । उनले नुरमा छोटो रोल गरेकी छन् । नायिकाका रूपमा ‘तेरा इन्तजार’ रिलिज भयो ।
ज्याकलिन फर्नान्डिस
यो वर्ष ज्याकलिनका दुई फिल्म रिलिज भए । एउटा हिट भयो भने अर्को फ्लप । यसले ज्याकलिनको करियरमा भने कुनै असर गरेन किनकि यसै पनि उनले निर्वाह गरेका रोल महत्वहीन थिए ।
सोनाक्षी सिन्हायो साल सोनाक्षीको चमक पनि फिका नै देखियो । ठूला स्टारसँग उनका कुनै फिल्म रिलिज भएनन् । उनको नायिका प्रधान फिल्म ‘नुर’ यो वर्ष रिलिज भयो तर कुनै चर्चा पाउन सकेन । ‘इत्तेफाक’ बाट निकै ठूलो आशा थियो तर सफलता भने प्राप्त भएन ।
विद्या बालन
विद्या यस्ता फिल्ममा मात्रै अभिनय गर्छिन् जसको कथा उनको वरिपरि मात्रै घुमेको होस् । उनको ‘बेगम जान’ असफल भयो भने ‘तुम्हारी सुलु’ हिट भयो । आफ्ना फिल्मको व्यापारभन्दा पनि अहिले उनलाई आफ्नो बढेको वजनले सताएको छ ।
दीपिका पादुकोण
दीपिका पादुकोण त यो वर्ष गायब नै भइन् । २०१६ मा उनका कुनै फिल्म रिलिज भएका थिएनन् । २०१७ मा एउटा हलिउड फिल्म ‘रिटर्न अफ झेन्डर केज’ मा उनी देखिइन् । यो फिल्म पनि असफल नै भयो । फिल्म राब्तामा एउटा गीत उनले गरिन् । रणवीर सिंहसँगको रोमान्सको सिलसिला जारी रह्यो । ‘पद्मावती’ यो वर्ष रिलिज नहुँदा दीपिकालाई निकै घाटा भयो ।
कंगना रनावत
कंगना रनावत आफ्नो ऊर्जा अभिनय गर्नमा भन्दा ऋतिक रोशनसँग झगडा गर्न खर्च गरिरहेकी छन् । उनले आफ्नो फिल्म ‘सिमरन’ लाई चर्चामा ल्याउन धेरै हथकन्डा अपनाए पनि केही काम लागेन । ‘रंगुन’ ले पनि बक्स अफिसमा पानी माग्न पाएन ।
भूमि पेडनेकर
भूमि पेडनेकरले यो वर्ष चुपचाप दुई सफल फिल्म दिइन् । अक्षय कुमारसँगको ‘ट्वाइलेट ःएक प्रेम कथा’ सुपरहिट भयो । ‘शुभ मंगल सावधान’ बाट पनि उनलाई सफलता मिल्यो । यी दुवै फिल्मबाट उनले आफ्नो अभिनय देखाउने अवसर पाइन् ।
कृति सेनन
कृति सेननका लागि यो वर्ष समग्रमा राम्रो रह्यो । ‘बरेली की बर्फी’ मा उनले गरेको अभिनयको प्रशंसा भयो । यो फिल्म औसत रह्यो । ‘राब्ता’ को विषयमा रिलिज पहिले निकै चर्चा थियो तर बक्स अफिस सुनसान रह्यो ।
तापसी पन्नु
फिल्म ‘पिंक’ बाट चर्चामा आएकी तापसी पन्नुको यो वर्ष अलगअलग प्रकृतिका फिल्म रिलिज भए । उनको जुड्वा–२ मात्रै सफल भयो । ‘नाम शवाना’ मा तापसीलाई निकै राम्रो रोल प्राप्त भएको थियो तर फ्लप भयो । उनका ‘रनिङ शादी’ र दी गाजी अटेक पनि रिलिज भए । एजेन्सी