स्याङ्जा, १० पुस – कांग्रेस स्याङ्जामा चुनावी समीक्षाका लागि बैठक बसेका कार्यकर्ताबीच नै कुटाकुट भएको छ। कुटापिटबाट तीन जना घाइत भएका छन्। तीनमध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। सदरमुकाम वालिङमा बसेको समीक्षा बैठकमा देउवा पक्षधर कार्यकर्ताले पौडेल पक्षधर कार्यकर्तालाई कुटेका हुन्।
कुटाइबाट भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले घाइते भएका छन्। अर्याल र ढकाललाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको हाे। स्याङ्जाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार पराजित भएपछि एक गुटले अर्को गुटलाई हारका लागि जिम्मेवार ठहर्याउँदै आएका छन्।
Previous Articleयस्तो रह्यो सन २०१७ मा बलिउड नायिकाको अवस्था
Next Article अमेरिकासँग युद्धका लागि उत्तर कोरिया तयार