बागलुङ, १० पूस–बागलुङे जोडी सिता परियार र पुर्ण परियारको आवाजमा नयाँ लोक दोहोरी गित बजारमा आएको छ । मोफसलमा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा राम्रो उस्थिति जनाईरहेका परियार जोडीको आवाजमा रहेको नयाँ गीत भन माया केही समय अगाडी मात्रै बजारमा आएको हो ।
श्रीमान र श्रीमती जमेर गीत संगीतमा लागेको यो जोडीले सबैलाई नचाउने खालको गीत लिएर स्रोता दर्शक माझ आएको बताएका छन । पुर्ण परियारकै लय तथा शव्द सिर्जना रहेको समसामयी बिषय समेटीएका शव्दहरु छन् । जनमञ्चसँग कुरा गर्दै परियारले विगतको गीतहरु जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताए । गितको म्युजिक भिडियो समेत बजारमा आएको छ । एकिन्द्र शारा शंकरको निर्देशन गरेको सो म्युजिक भिडियोमा प्रकाश सपुत र पुजा पाठकले अभिनय गरेका छन । गीतको बजार व्यवस्थापन हिम सम्झौता म्युजिक प्रालिले गरेको छ ।