बागलुङ, १० पूस– नयाँशक्ति पार्टी बागलुङले गत मंसीर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने दुई नेतालाई कार्वाहीको लागि सिफारिस गरेको छ । जिल्ला परिषदको बैठकले निर्वाचनको समयमा पार्टी नीति निर्देशन विपरितका क्रियाकलपमा सक्रिय रहेको निष्कर्षसहित केन्द्रीय परिषदमा संघीय परिषद सदस्य कुशुम बुढा मगर र जिल्ला परिषद सदस्य भोजराज आचार्यलाई कार्वाहीको लागि सिफारिस गरेका शनिबार जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ । बैठकले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरेका छ ।
बैठकले भिमा श्रीस गुरुङ्ग (राङखानी) जिल्ला कार्यकारी सदस्य, प्रकाश पौडेल (पैयुथन्थाप), अन्जु परियार (पैयुपाटा), प्रकाश थापा (राङखानी) लाई जिल्ला समन्वय परिषद सदस्यमा मनोनय गरिएको जिल्ला समन्वय परिषदका संयोजक चित्र सापकोटाले जानकारी दिए । संघीय समाजवादी फोरमबाट नयाँ शक्तिमा प्रवेश गरेका दलबहादुर खडकलाई संघीय परिषद सदस्यका लागि सिफारिस गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकले ५ लाख ७ हजार ७० रुपैयाँ बराबरको चुनावी खर्च अनुमोदन गरेको संयोजक सापकोटाले बताए ।
Previous Articleसाना किसानको नाफा ४ लाख
Next Article पैसा कुम्ल्याउने गैसस कानुनको दायरामा