राजेश बोहरा
आजभन्दा २ सय बर्ष पहिला येशु ख्रीष्टको जन्म भयो । इजरायल भन्ने देश वेतहेलेम भन्नु गाउँमा उहाँ मरियम भन्ने कन्या केटी अबिबाहित महिलाको कोखबाट जन्म लिनुभयो । हामीलाई पत्यार नलाग्न सक्छ । कुनै केटीबाट कुनै प्रकारको सहवास नभईकन उहाँ को जन्म कसरी हुन सक्छ । तर बाईव धर्मशास्त्रले बताएको छ । यत्री १–१८ मा पाउँछौं कन्या मरियम पवित्र आत्माबाट गर्भवती भएको कुरा हामीलाई अनौठो लाग्न सक्छ । बास्तवमा बाईवल धर्म शास्त्रमा लेखिएको कुरा हो । येशु ख्रीष्ट संसारमा आउनुको उद्देश्य हामी मानिस जातीलाई मार्न नास पार्नलाई होईन बाइव धर्म शास्त्रमा लेखीएको छ । युहन्ना १०–१० चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ मत तिमीहरुले जिवन पाउन र त्यो प्रशस्त मात्रामा पाउ भन्ने हेतुले आएँ
। त्यसैले येशु ख्रीष्ट संसारमा जन्म लिनुको उद्देश्य जिवन पाउन त्यो पनि प्रशस्त मात्रामा पाउन भन्ने हेतुले संसारमा आउनु भएको हो र उहाँ संसारमा आउनुभएपछि ३२–३३ बर्षको उमेरमा उहाँ विखाटे पाठोको रुप क्रसमा हुनुभयो । तपाईं र हाम्रा पाप मोक्षका लागि मुक्ति र उद्धारका लागि बाईबल धर्मशास्त्र युहन्ना ३ः१५ मा लेखीएको छ जस–जसले उहाँमाथि बिस्वास गर्छ त्यसले अनन्त जिवन पाउँछ । यहाँ विश्वास कुप र अनन्त जिवनको बारेमा लेखीएको छ । हाम्रा पार्थिव शरीर एक जन्मपछि मर्नु पर्छ या हाम्रो पर्मात्माले दिनुभएको नियम हो तर आत्मा चाहिं विश्वास गर्नेहरुको लागि अनन्त सम्म रहन्छ । येशू ख्रीष्टले मानिस जातीलाई भन्नु भएको छ । मत्री ११–२८ मा लेखीएको छ सबै थाकेका र बोझले लादिएका हुन् ।
म कहाँ आओ म तिमीहरुलाई बिश्राम दिने छु । येशू ख्रीष्ट संसारमा जन्मनुको कारण मानिस जातीलाई बिश्राम दिनका लागि हो । मुल उद्देश्य संसारमा भएका सबै मानिसको बोझले लादिएको यांकेका कालो गोरो सबै मानिस जातीलाई बिश्राम दिनलाई शान्ति दिनलाई बिसाउने चौपारीको लागि जन्म लिनुभएको हो । हामी पौष १० गते संसारभर येशू ख्रीष्ट जन्मनुभएको वडा दिनको सम्झना गर्ने चलन छभने कतिपय ठाउँमा झिलीमिली बत्ती बाल्ने, शुभकामना आदान–प्रदान गर्ने आफ्ना छिमेकी मन परेका ब्यक्तिलाई उपहार दिने र आफ्ना घनिष्ठ साथी पाहुनालाई खाना खान बोलाउने चलन रहिआएको छ । वास्तवमा येशू ख्रीष्ट पौष १० गते मात्र नभएर हामी मानव जातीको लागि उहाँ हरेक दिनको लागी तपाईं हाम्रो मुक्ति र पाप क्षमाका लागि यस संसारमा जन्मनु भएका स्वर्गबाट परमेश्वरले एक मात्र पुत्र पठाउनुभएको हो । येशू ख्रीष्ट जन्मदिनको बारेमा बर्णन गर्ने होभने एउटा ठुलो किताब नै बन्न पुग्ला । बोहरा बानपा–१ श्रीनगर टोल निवासी हुन् ।)
Previous Articleशान्तिचौरलाई भलिबलको उपाधि
Next Article राष्ट्रिय सभाले अल्मलाएको सरकार