बागलुङ, ९ पुस – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली अहिले विवाहका कारण चर्चामा छन् । बिराट र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह भारतीय मिडियाका लागि ‘मसला’ ने बनेको छ । बलिउड अभिनेत्री अनुष्का शर्माले विराटलाई मन पराउनु उनको आकर्षक व्यक्तित्व पनि प्रमुख भएको मानिन्छ । त्यसो त विराटका थुप्रै महिला फ्यान पनि छन् ।
विराटको आकर्षक लुकको राज उनले आफ्नो स्थास्थ्य र फिटनेसमा दिने ध्यान हो । कोहली आफ्नो फिटनेसप्रति पूरा ध्यान दिन्छन् । विराट कोहली त्यत्तिकै आकर्षक देखिएका हैनन् । त्यसका लागि उनले कडा मेहनत पनि गरेका छन् । साथै उनले आफ्नो खानादेखि दैनिक रुटिनलाई पनि व्यवस्थित बनाएका छन् । आज हामी तपाईंलाई विराटका केही फिटनेस टिप्सबारे बताउँदै छौं, जसलाई अपनाउँदा तपाईं पनि आकर्षक देखिन सक्नुहुनेछ । साथै तपाईंको स्वास्थ्य पनि राम्रो हुने छ ।
बाहिरको खाना ‘नो’
विराट कोहलीलाई रेस्टुरेन्टको खाना मन पर्दैन् । उनी बाहिर पाक्ने खानासँग दूरी राख्छन् । जब पनि मौका मिल्छ उनी घरमै बनेको खाना खान्छन् । भारतीय क्रिकेट टीमको कप्तानलाई सधैं घरमै बसेर खाना खाने अवसर त जुट्दैन ! खेलका लागि उनले देश–विदेश घुम्नुपर्ने हुन्छ । विदेश भ्रमणमा रहँदा उनी लेम्ब चप्स वा पिंक सेल्मन खाने गर्छन् ।
जंक फूड निषेध
विराट कोहलीको फिटनसको राज हो जंक फूड्स नखानु । उनी बाहिर बन्ने कुनै पनि चटपटे खाने कुरा खाँदैनन् । आफ्ना सहकर्मीलाई पनि उनी फ्राइ चिप्सजस्ता खानेकुरा नखान सल्लाह दिन्छन् । खाजाको रुपमा उनी ब्हीट क्रेकर्स खान्छन् ।
मिनरल वाटर मात्रै पिउने
मानिसको शरीरका लागि पानी जरुरी हुन्छ । त्यसमा पनि शुद्ध पानी । त्यसैले विराट पनि खानाभन्दा बढी पानी पिउँछन् । विराट मिनरल वाटर मात्रै पिउँछन् । धेरैजसो उनी फ्रान्समा उत्पादन हुने एभियन वाटर पिउँछन् ।
डाइट प्लान
विराट कुन दिन कस्तो खानेकुरा कसरी खाने भनेर पूरै प्लान नै बनाउँछन् । टीम इन्डियाको कप्तान भइसकेपछि उनी आफ्नो मात्रै हैन टीमका अन्य खेलाडीले खाने भोजनमा पनि सचेत हुन थालेका छन् । विराट बढी चिल्लो खानेकुरा खानु हुँदैन भन्ने मान्यता राख्छन् । बरु उनी ड्राइ फ्रुट्स, बदाम र कफी पिउन मन पराउँछन् ।
व्यायाम जरुरी
विराट फिट रहनका लागि खानाको साथै शारीरिक अभ्यास (व्यायाम)मा पनि ध्यान दिन्छन् । उनी दैनिक घण्टौं जीममा पसिना बगाउँछन् । खेल नभएको दिन उनी प्राय जीममा वर्कआउट गरेरै विताउँछन् ।
Previous Articleचीनले माग्यो तातोपानी नाका सुरक्षा योजना
Next Article प्रविण खड्का स्मृति कोषबाट पुरस्कार