बागलुङ, ७ पूस– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले बिहिबार नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पनन गरेको छ । बिद्यालयले जिल्लाको क्षेत्र नं १ का सांसद डा. सुर्य पाठक र प्रदेश सभा १ का सांसद इन्द्रलाल सापकोटालाई एक कार्यक्रमको आयोजना गर्दै बधाई तथा शुभकामना दिएको हो । सांसदहरुलाई स्वागत गर्दै संचालिका ब्रह्माकुमारी सावित्री दिदिले जिल्ला, क्षेत्र तथा देशको विकास र सुशासनका लागि सक्रिय भएर लाग्न निर्वाचित सभासदलाई आग्रह गरिन् । उनले सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेकी थिईन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. सुर्य प्रसाद पाठकले जनताको समस्यलाई बुझेर राजनीतिभन्दा पनि देशको विकासका लागि विशेष जोड दिने बताए । प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले नैतिक मुल्य शिक्षाद्वारा समाज परिवर्तन गर्न संस्थाले गरेको भन्दै देशको सुख, शान्ति, सवृद्धिको लागि जनताको आशालाई पुर्ण गर्ने प्रतिवद्धता व्यक्त गरे । ब्रम्हकुमारी सावित्री दिदीको अध्यक्षता, ब्रह्माकुमार श्रीकृष्ण शर्माको संचालन, ब्रह्माकुमार वेदविकल शाक्यको स्वागत गीत एव ब्रह्माकुमार योगनाथ कँडेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।
Previous Article२०७४ पुस ७ गते शुक्रबारको राशिफल
Next Article अझै राहत पाएनन् भूकम्प पीडितले