मेघराज पाण्डेय
गणतन्त्र भयो अब देश भरी
जनता सबले बस काम गरी
अब आर्थिक बृद्धि गरौं सबैले
तब देश विकास हुने छ अरे (१)
बन उद्यमी लौ नर नारीहरु
नगई परदेश यहिं बस्नु बरु
जति छन् जिमिमा सुन खानीहरु
उपयोग हुनेछन् निकाल बरु (२)
नदिहरु थुनेर प्रकाश झिक
अब त यसमै रमि राख्न सिक
श्रम सिप लगाउ स्वदेश भरी
बनी जान्छ नि यो सुरलेक सरी (३)
अरु देश नजाउ र बिन्ति शुन
तिमी त धनी छौ मनभित्र बुन
लौ कमि के छ र यो देशमा
अब स्वच्छ बिचार लगाउ यहाँ (४)
उपभोग गरी बना औषधिको
मुख बाध्नु हुँदैन नि लौ अरुको
सब भाई मिलेर बिकास गरे
अनि देश त निर्भर बन्छ अरे (५)